• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

एलओडी गएकी बालिका बलात्कार गरेको आरोप लागेका कोइरालालाई पुर्पक्षका लागि थुनामा



काठमाडौं । ठमेलस्थित चर्चित नाइट क्लब लर्ड अफ ड्रिंक्स (एलओडी) गएकी नाबालिका बलात्कार गरेको अभियोग लागेका सुदनबहादुर कोइरालालाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

१५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका ५० वर्षीय कोइरालालाई नख्खु कारागार चलान गरिएको ललितपुरका प्रमुख एसएसपी शिद्धिविक्रम शाहले जनाए ।

गत ३० जेठमा एलओडी गएकी बालिकालाई बलात्कार गरेको आरोपमा पोखरा घर भइ हाल ललितपुरको बागडोल बस्ने कोइरालालाई प्रहरीले पक्राउ गरेको थियो ।

अनुसन्धानको क्रममा उमेर नपुगि नाबालिगलाई एलओडी प्रवेश दिएको भन्दै प्रहरीले एलओडीका सञ्चालकलाई पनि पक्राउ गरेको थियो । तर जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले उनीहरुलाई मुद्दा चलाउन नपर्ने राय दिएपछि रिहा गरिएको थियो ।