९ भाद्र २०८३, मंगलवार
,
Latest
विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो मनसुनयता सरदरभन्दा कम वर्षा पहिचान र पुनःस्थापनाको माग गर्दै जनकपुरधाममा मुक्त हरवा–चरवाको प्रदर्शन विदेशमा रहेका विद्यार्थीको समस्या समाधान गर्न नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ… भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५००
तपाईं के खोज्दै हुनुहुन्छ ?

एलओडी गएकी बालिका बलात्कार गरेको आरोप लागेका कोइरालालाई पुर्पक्षका लागि थुनामा



अ+ अ-

काठमाडौं । ठमेलस्थित चर्चित नाइट क्लब लर्ड अफ ड्रिंक्स (एलओडी) गएकी नाबालिका बलात्कार गरेको अभियोग लागेका सुदनबहादुर कोइरालालाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

१५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका ५० वर्षीय कोइरालालाई नख्खु कारागार चलान गरिएको ललितपुरका प्रमुख एसएसपी शिद्धिविक्रम शाहले जनाए ।

गत ३० जेठमा एलओडी गएकी बालिकालाई बलात्कार गरेको आरोपमा पोखरा घर भइ हाल ललितपुरको बागडोल बस्ने कोइरालालाई प्रहरीले पक्राउ गरेको थियो ।

अनुसन्धानको क्रममा उमेर नपुगि नाबालिगलाई एलओडी प्रवेश दिएको भन्दै प्रहरीले एलओडीका सञ्चालकलाई पनि पक्राउ गरेको थियो । तर जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले उनीहरुलाई मुद्दा चलाउन नपर्ने राय दिएपछि रिहा गरिएको थियो ।