९ भाद्र २०८३, मंगलवार
,
Latest
महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसरी मनाईयो काठमाडौंमा भानुजयन्ती- फोटो फिचर



अ+ अ-

काठमाडौँ । आज आदिकवि भानुभक्तको २१०औँ जयन्ती । भानुजयन्तीको अवसरमा काठमाडौँमा प्रभातफेरीको आयोजना गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा प्रतिष्ठानको परिसर कमलादीबाट सुरू भएको प्रभातफेरी दरबार हाइस्कुलसम्म पुगेर पुनः प्रतिष्ठानको परिसरमा आएको थियो ।

प्रभातफेरीमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई तथा विभिन्न स्कुलका विद्यार्थी लगायत सहभागी थिए ।

प्रभातफेरीमा विद्यार्थीहरु भानुभक्तले लगाउने जस्तै पोशाक तथा बिर्के टोपी लगाई हातमा रामायण लेखिएको पुस्तक बोकेर सहभागी भएका थिए । त्यस्तै भानुभक्तले रामायण वर्णन गरेजस्तै केही विद्यार्थी रामको पात्रका रुपमा सहभागी भएका थिए ।

भानु नगरपालिका–४ चुँदीरम्घामा विसं १८७१ असार २९ गते जन्मिएका आचार्यको विसं १९२५ असोज ६ गते निधन भएको थियो ।

नेपाली साहित्यका प्राथमिककालका प्रतिनिधि कविकारूपमा परिचित भानुभक्त वाल्मीकि रामायणका अनुवादकका रूपमा प्रख्यात छन् । मोतीराम भट्टले उनलाई पहिलो पटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए ।

भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षा लगायतका कृति लेखेका छन् । उनका पाण्डुलिपिलाई सङ्ग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उनी नेपाली साहित्यिमा चिनिएका थिए ।