६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसरी मनाईयो काठमाडौंमा भानुजयन्ती- फोटो फिचर



अ+ अ-

काठमाडौँ । आज आदिकवि भानुभक्तको २१०औँ जयन्ती । भानुजयन्तीको अवसरमा काठमाडौँमा प्रभातफेरीको आयोजना गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा प्रतिष्ठानको परिसर कमलादीबाट सुरू भएको प्रभातफेरी दरबार हाइस्कुलसम्म पुगेर पुनः प्रतिष्ठानको परिसरमा आएको थियो ।

प्रभातफेरीमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई तथा विभिन्न स्कुलका विद्यार्थी लगायत सहभागी थिए ।

प्रभातफेरीमा विद्यार्थीहरु भानुभक्तले लगाउने जस्तै पोशाक तथा बिर्के टोपी लगाई हातमा रामायण लेखिएको पुस्तक बोकेर सहभागी भएका थिए । त्यस्तै भानुभक्तले रामायण वर्णन गरेजस्तै केही विद्यार्थी रामको पात्रका रुपमा सहभागी भएका थिए ।

भानु नगरपालिका–४ चुँदीरम्घामा विसं १८७१ असार २९ गते जन्मिएका आचार्यको विसं १९२५ असोज ६ गते निधन भएको थियो ।

नेपाली साहित्यका प्राथमिककालका प्रतिनिधि कविकारूपमा परिचित भानुभक्त वाल्मीकि रामायणका अनुवादकका रूपमा प्रख्यात छन् । मोतीराम भट्टले उनलाई पहिलो पटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए ।

भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षा लगायतका कृति लेखेका छन् । उनका पाण्डुलिपिलाई सङ्ग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उनी नेपाली साहित्यिमा चिनिएका थिए ।