४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

देशको राष्ट्रियता, अखण्डताको रक्षा गर्न राष्ट्रिय सहमतिको सरकार आवश्यक: महासचिव देव गुरुङ

देशको राष्ट्रियता, अखण्डताको रक्षा गर्न राष्ट्रिय सहमतिको सरकार आवश्यक: महासचिव देव गुरुङ
अ+ अ-

भक्तपुर ।नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले राष्ट्रिय सहमतिबाट सरकार निर्माण गर्न सके देशको राष्ट्रियता, अखण्डताको रक्षा गर्न सकिने बताउनुभएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागले हिजाे  भक्तपुरमा आयोजना गरेको नेपाल–चीन रेशमी सहकार्य, समुन्नत भविष्यका लागि सहयात्रा कार्यक्रमअन्तर्गत ‘सिल्क रोडस्टर: जोइन द राइड फर बेटर फ्युचर’ मा उहाँले सरकार राष्ट्रिय सहमतिबाट नै बनाउन सके देशको हित हुने बताउनुभएको हो ।

महासचिव गुरुङले भन्नुभयो, “देश राष्ट्रिय एकता र सहकार्यबाट अगाडि बढ्नुपर्छ, देश बनाउन राष्ट्रिय सहमतिको विकल्प छैन, सरकार पनि राष्ट्रिय सहमतिबाटै बन्नु आवश्यक छ, त्यसो हुन नसके देशको विकास, स्थिरता, स्थायित्व, मुख्य एजेण्डा र असंलग्न परराष्ट्रनीतिमा राष्ट्रिय सहमति हुन आवश्यक छ ।”

राष्ट्रिय एकता र सहमतिबाट देश अगाडि बढ्न नसक्दा शक्ति राष्ट्रहरूले हाम्रो देशमा खेल्ने मौका पाएको चर्चा गर्दै उहाँले राज्य कमजोर पार्ने प्रक्रियाले नेपालको राष्ट्रित अस्मिता अत्यन्तै कमजोर बनेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो देशको राष्ट्रिय राजनीति अस्थिर बनेको छ, एकले अर्कालाई निषेधको राजनीति सुरु भएको छ, विकास र स्वाधीनतामा पनि राष्ट्रिय सहमति बन्न सकेको छैन, मुलुकको राष्ट्रिय अस्मिता रक्षाका लागि राष्ट्रिय सहमतिको नीति लिनु अत्यावश्यक छ ।”

देश र जनताको स्वार्थभन्दा पनि नेता, दलहरूको स्वार्थमा बढी केन्द्रित हुँदा नेपालको असंलग्न परराष्ट्र नीति कमजोर बन्दै गइरहेको उल्लेख गर्दै उहाँले पछिल्लो समयमा पञ्चशीलको सिद्धान्त कमजोर पर्दै गइरहेको, स्वतन्त्र परराष्ट्र नीति कमजोर बन्नुको कारण शक्ति राष्ट्रको कुनै न कुनै दबाब र प्रभावमा पर्दै जाने स्थितिले नेपालको स्वाधीनता कमजोर बनेको बताउनुभयो ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका नेता रवीन्द्र ज्याख्वाले चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) लाई आत्मसात गरेको बताउँदै विकासका कार्यलाई दुई देशले द्रुत गतिमा लग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा आइडिसिपिसीका काउन्सेलर डु शियालिनले सिल्क रोडस्टरका महत्त्वमाथि प्रकाश पार्नुभएको थियो । उहाँले चिनियाँ परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) को १० वर्ष पूरा भएको अवसरमा चीनले ‘सिल्क रोडस्टर’ भन्ने नयाँ फोरम स्थापना गर्दै चीन र दक्षिण पूर्वी एसिया तथा दक्षिण एसियाका राष्ट्रहरूबीच व्यावहारिक समन्वयका लागि अगाडि बढेको बताउनुभयो ।

यस फोरममा पाँच महत्त्वपूर्ण परियोजना समेटिएको भन्दै उहाँले तीमध्ये सिल्क रोड यात्रा, सिल्क रोड सशक्तीकरण, सिल्क रोड आनन्द, सिल्क रोड उज्यालोपदेश र सिल्क रोड समृद्धि रहेको बताउनुभयो । कार्यक्रममा उक्त चिनियाँ टोलीले सहभागीलाई निःशुल्क आँखा परीक्षण तथा चश्मा वितरण गर्नुका साथै सौर्य उर्जा बत्ती र गरिब परिवारलाई केही खाद्यान्न एवं कृषकलाई कृषि किरा नष्ट गर्ने प्रविधि एवं औषधि वितरण गरेको थियो । रासस