• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo

अग्रता जोगाउन नसक्दा आर्सनलको बराबरी



एजेन्सी । इंग्लिस क्लब आर्सनलले मैत्रीपूर्ण फुटबलमा बराबरी खेलेको छ । गएराति भएको खेलमा आर्सनलले जर्मन क्लब एफसी नुमवर्गसँग १–१ गोलको बराबरी खेलेको हो ।

पाहुना टोली आर्सनलले खेलको सातौं मिनेटमा बुकायो साकाको गोलबाट अग्रता लिएको थियो ।

तर, घरेलु मैदानमा ६२ औं मिनेटमा कान्जी ओकोनुकीले गोल गर्दै नुमवर्गलाई हारबाट जोगाए । प्रिमियर लिग सुरु हुनुपूर्व आर्सनलले मैत्रीपूर्ण खेल खेलेको हो ।

आर्सनलले जुलाई २३ मा म्यान्चेस्टर युनाइटेडसँग मैत्रीपूर्ण खेल खेल्दैछ । त्यसपछि जुलाई २७ मा बार्सिलोनासँग खेल्नेछ ।