२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

कोलकाता र हैदरावादको खेलपछि शाहरुखले गरे गल्ती, मागे माफी

कोलकाता र हैदरावादको खेलपछि शाहरुखले गरे गल्ती, मागे माफी
अ अ+ अ-

एजेन्सी । मंगलबार नरेन्द्र मोदी स्टेडियममा कोलकाता नाइट राइडर्सका सह–मालिक शाहरुख खानको उत्साह देख्न सकिन्थ्यो । आईपीएल २०२४ को पहिलो क्वालिफायरमा बुधबार श्रेयस अय्यरको नेतृत्वमा रहेको कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गरेको थियो ।

योसँगै कोलकाताले सिधै फाइनलमा स्थान बनाएको छ । केकेआरको जितपछि शाहरुख खानले नरेन्द्र मोदी स्टेडियमको परिक्रमा गरेर फ्यानहरुलाई धन्यवाद दिएका थिए ।

शाहरुख खानले स्टेडियमको परिक्रमा गर्दा ठूलो गल्ती गरे । शाहरुख खान आफ्ना छोराछोरी अबराम र सुहानासँग मैदानमा दर्शकहरूलाई धन्यवाद दिँदै लाइभ शोको बीचमा पुगेका थिए ।

‘किंग खान’ले तुरुन्तै आफ्नो गल्ती महसुस गरे र कमेन्ट गरिरहेका पूर्व क्रिकेटर आकाश चोपडा, सुरेश रैना र पार्थिव पटेलसँग माफी मागे । शाहरुख खानले तीनै जनालाई अँगालो हालेर टाउकोमा हात राख्दै माफी मागेर अगाडि बढे ।

यही क्षणको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । केकेआरको जितपछि कप्तान श्रेयस अय्यरले आफ्नो टोलीले फाइनलमा पनि उत्कृष्ट प्रदर्शन गर्ने आश्वासन दिएका छन् । खेलपछि अय्यरले भने, ‘हामी धेरै खुसी छौं । हरेक खेलाडीले आफ्नो जिम्मेवारी राम्ररी निर्वाह गरेका छन् । हाम्रा बलरहरू आफ्नो प्रविधिमा दृढ छन् । हाम्रा कुनै पनि खेलाडीले फाइनलमा यो गतिलाई निरन्तरता दिने आशा राखेका छन् ।’

कोलकाता नाइट राइडर्सले फाइनलमा कुन टोलीसँग खेल्ने भन्ने कुरा मे २४ मा थाहा हुनेछ । आईपीएल २०२४ को एलिमिनेटर खेल आज बुधबार राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीच हुँदैछ । यस खेलको विजेता टोलीले दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावादको सामना गर्नेछ । त्यसपछि आइतवार हुने फाइनलमा केकेआरलाई कुन टोलीले चुनौती दिने भन्ने थाहा हुनेछ ।