६ भाद्र २०८३, शनिबार
,
Latest
सुदूरपश्चिमका कला, संस्कृतिको संरक्षण र प्रचारप्रसार आवश्यक छ : प्रदेश प्रमुख मियाँ महावाणिज्य दूतावास जेद्दाद्वारा  श्रमिक सचेतना सञ्चालन पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’ नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न बालेन भ्रमणः मुस्ताङको ‘अफरोड’ मा कार्यकारीको ‘ड्राइभ’ हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी स्वास्थ्य-सेवामा सहजता दिलाउन बनेपाद्वारा चार संस्थासँग सम्झौता यम बरालको प्रश्न: कलाकार प्रति राज्यको उदासीनता कहिले सम्म ? अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत गरिमा चौधरी हत्या प्रकरणमा गृहमन्त्रीसँग परिवारको वार्ता सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

के बैंगलोरले लगातार सात खेल जित्न सक्ला ? राजस्थानलाई बटलरको अभाव खड्किनेछ



अ+ अ-

काठमाडौँ । आईपीएल २०२४ को एलिमिनेटर खेलमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बैंगलोरको सामना गर्दैछ । यो खेल आज साँझ ७ः४५ बजे अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।

प्लेअफमा नकआउट राउण्डको खेल सुरु भइसकेको छ । राजस्थान र बैंगलोरबीचको खेल पनि नकआउट खेल हो ।

क्वालिफायर १ अन्तर्गत मंगलबार अहमदाबादमा सनराइजर्स हैदरावाद र कोलकाता नाइट राइडर्सबीच खेल भइसकेको छ । जसमा कोलकाताले आठ विकेटको जित निकाल्दै फाइनलमा स्थान बनाइसकेको छ ।

सनराइजर्स र कोलकाताबीचको खेलमा पहिले ब्याटिङ गरेको हैदरावादको टोलीले १५९ रन मात्रै बनाउन सकेको थियो । खेल पछि शीत पर्यो र कोलकाताले एकतर्फी खेलमा जित निकाल्यो । तर, राजस्थान र बैंगलोरबीच कडा प्रतिस्पर्धा हुनसक्छ । एलिमिनेटरपछि क्वालिफायर–२ मे २४ मा र फाइनल २६ मेमा हुनेछ ।

आईपीएलमा हालको फर्मको कुरा गर्दा राजस्थान र बैंगलोर एकअर्काका पूर्ण विपरित छन् । आरसीबीले अन्तिम ६ खेल जितेको छ भने राजस्थानले अन्तिम ६ खेलमध्ये एउटा मात्र जितेको छ। चार खेलमा हार बेहोरेको थियो भने एक खेल अनिर्णित रह्यो ।

यी दुईबीच हालसम्म ३१ खेल भइसकेका छन् । जसमध्ये बैंगलोरले १५ र आरआरले १३ खेल जितेको छ । तीन खेलमा नतिजा आउन सकेन । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा पनि दुवै टोली दुई पटक भिडेका छन् । एक खेल राजस्थान र एक खेल बैंगलोरले जितेको छ ।

सन् २०२० देखि बैंगलोरको टोली राजस्थानमाथि दबदबा कायम राख्दै आएको छ । यस अवधिमा आरसीबीले सात खेल जितेको छ भने आरआरले तीन खेल जितेको छ । नकआउट राउण्डमा दुवै टोलीको कीर्तिमानको कुरा गर्दा आरसीबीले ६ खेलमा जित र ९ हार बेहोरेको छ भने राजस्थानले नकआउट चरणमा चार खेल जितेको छ भने पाँचमा हार बेहोरेको छ ।

एलिमिनेटर जस्तो महत्वपूर्ण खेलमा राजस्थानले इङ्ल्यान्ड फर्किएका जोस बटलरलाई गुमाउन सक्छ । योसँगै बैंगलोरको टोलीले विल ज्याकलाई पनि मिस गर्न सक्छ । तर, अन्तिम खेलमा ग्लेन म्याक्सवेलले आफ्नो उत्कृष्ट अलराउन्ड प्रदर्शनका साथ ज्याक्सलाई छाप छोड्न दिएनन् । राजस्थानले लिग राउण्डमा पाँच खेलमा हार बेहोरेको थियो र टोलीले पहिले ब्याटिङ गर्दा ती सबै पाँच खेल गुमाएको थियो ।