३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै



अ+ अ-

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (शुक्रबार) पनि बस्दैछ ।

बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

हिजोबाट सुरु भएको बैठकमा स्थानीय तहको निर्वाचन, एमसिसी र भ्रातृ संस्थाको अधिवेशनमाथि छलफल भइरहेको छ ।

बैठकमा एमसीसीमा पार्टी एकमत रहेको र अगाडि बढाउनुपर्ने निष्कर्ष निकालिएको थियो । आज पनि यसबारेमा सदस्यले धारणा राख्ने बताइएको छ । 

यस्तै, बैठकमा स्थानीय निकायको निर्वाचनमा पार्टीलाई सशक्त ढंगबाट आफूलाई प्रश्तुत गर्ने, जनताको बीचमा अझ सशक्त ढंगले कसरी जोडिने लगायतको विषयमा पनि छलफल भएको थियो । 

भातृसंगठनहरुको समयसीमा सकिएको र स्वतः रिक्त हुने भएकोले त्यसलाई ध्यानमा राखेर भातृ संगठनलाई कसरी सुदृढ गर्ने, बिस्तार गर्ने र समयसीमालाई पनि कसरी तोक्ने भन्ने विषयमा पनि बैठकमा छलफल गरिएको प्रवक्ता महतले जानकारी दिए ।