• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   जर्मनीलाई हराउँदै स्पेन युरो कपको सेमिफाइनलमा ★   लेबर पार्टीले ‘बेलायतको पुनर्निर्माण’ गर्नेछ– नवनियुक्त प्रधानमन्त्री स्टार्मर ★   समाजवादीको महाधिवेशन कहीँ नभएको जात्रा: किसान श्रेष्ठ ★   जनता समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता,मन्त्रीले दिए राजीनामा ★   धानको न्युनतम समर्थन मूल्य निर्धारण, यी हुन् मन्त्रिपरिषद्का अन्य निर्णय ★   आइतबारसम्म बाढीको जोखिम ★   क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गर्ने क्यानको निर्णय ★   विश्वकपको बेला भ्रामक प्रचार गरेको भन्दै क्यानले उपाध्यक्ष सिंहसहित चारजनालाई सोध्यो स्पष्टीकरण ★   वित्तीय अपराध अनुसन्धानको क्षेत्रमा काम गर्ने जिम्मेवारी हाम्रो होइन: नेपाल प्रहरी ★   नयाँ सत्ता समीकरणको विषयलाई लिएर खुशी भइहाल्ने अवस्था छैन: शेखर कोईराला

लगातार फिल्म फ्लप भएपछि अक्षय कुमारको पारिश्रमिकमा भारी कटौती



एजेन्सी । बलिउड अभिनेता अक्षय कुमार यतिबेला चर्चामा छन् । हालै उनको फिल्म ओएमजी २ को टिजर रिलिज भएको छ, जसलाई फ्यानहरुले मन पराइरहेका छन् । यस फिल्ममा अक्षय कुमार भगवान शिवको भूमिकामा देखिएका छन् ।

अक्षय कुमारको यो वर्षको दोस्रो फिल्म हो । गत वर्ष अक्षयका धेरै फिल्महरू बक्स अफिसमा रिलिज भएका थिए, जसमा सबै फ्लप भए । यस्तो अवस्थामा अक्षय कुमारको बक्स अफिस खराब अवस्थाबाट गुज्रिरहेको छ । जसको असर फिल्मको बक्स अफिस कलेक्शनमा पनि देखिएको छ ।

यदि रिपोर्टहरूको विश्वास गर्ने हो भने, अक्षय कुमारले आफ्नो आगामी फिल्म ओएमजी २ को लागि आफ्नो शुल्कमा भारी कटौती गरेका छन् ।

रिपोर्टका अनुसार बलिउडमा सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेता मध्येका एक अक्षय कुमारले आफ्नो पारिश्रमिकमा भारी कटौती गरेका छन् । कलाकारले प्रति फिल्म ५० देखि १०० करोड भारु लिने गर्दथे । अब ब्याक टू ब्याक फ्लप भएपछि अभिनेताले ओएमजी २ को लागि ३५ करोड भारु लिएको बताइएको छ । यसै फिल्मका लागि पंकज त्रिपाठीले आफ्नो भूमिकाका लागि ५ करोड र यामी गौतमले २ देखि ३ करोडसम्म पारिश्रमिक लिएका छन् ।

यो फिल्म २०१२ को व्यंग्यात्मक कमेडी ‘ओह माई गड’को सिक्वेल हो । उक्त फिल्ममा अक्षयले कृष्ण वासुदेव यादवको भूमिका निभाएका थिए, जो पछि भगवान कृष्ण भएको खुलासा भयो । फिल्ममा परेश रावल, मिथुन चक्रवर्ती, महेश मांजरेकर, ओम पुरी, मुरली शर्मा र गोविन्द नामदेवले अभिनय गरेका थिए । यस फिल्मको सिक्वेलमा विद्यालयमा हुने यौन शिक्षामा आधारित कथा देखाइनेछ ।

अमित राई निर्देशित ‘ओएमजी २’ अगस्ट ११ मा रिलिज हुँदैछ । यो सनी देओलको गदर २ र रजनीकान्तको जेलरसँग भिड्नेछ । यसअघि रणवीर कपुरको एनिमल पनि सोही मितिमा रिलिज हुने तय भएपनि पछि सार्दै डिसेम्बर १ मा रिलिज गरिने भएको छ । योबाहेक अक्षय कुमारसँग पाइपलाइनमा बडे मियाँ छोटे मियाँ पनि छ, जसमा उनी टाइगर श्राफसँग स्क्रिन सेयर गर्दैछन् ।