• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

लक्ष्मी बैंक र सनराइज बैंक एकआपसमा गाभिँदै, शुत्रबारदेखि एकीकृत कारोबार हुने



काठमाडौँ । लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंक लिमिटेड एक आपसमा गाभिने भएका छन् ।

नेपाल राष्ट्र बैंकको सञ्चालक समतिको निर्णयानुसार यही असार २९ गते शुक्रबारदेखि ‘लक्ष्मी सनराइज बैंक लिमिटेड’ को नामबाट सञ्चालन हुनेगरी दुवै संस्थाबाट सञ्चालन हुँदै आएको सम्पूर्ण वित्तीय कारोबार एकीकृतरुपमा हुने भएको छ ।

राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ (पाँचौँ संशोधन, २०७९) को विनियम ११ को उपविनियम (७)’ बमोजिम उक्त निर्णय गरिएको सूचना प्रकाशन गरेको छ ।