२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लक्ष्मी बैंक र सनराइज बैंक एकआपसमा गाभिँदै, शुत्रबारदेखि एकीकृत कारोबार हुने



अ+ अ-

काठमाडौँ । लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंक लिमिटेड एक आपसमा गाभिने भएका छन् ।

नेपाल राष्ट्र बैंकको सञ्चालक समतिको निर्णयानुसार यही असार २९ गते शुक्रबारदेखि ‘लक्ष्मी सनराइज बैंक लिमिटेड’ को नामबाट सञ्चालन हुनेगरी दुवै संस्थाबाट सञ्चालन हुँदै आएको सम्पूर्ण वित्तीय कारोबार एकीकृतरुपमा हुने भएको छ ।

राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ (पाँचौँ संशोधन, २०७९) को विनियम ११ को उपविनियम (७)’ बमोजिम उक्त निर्णय गरिएको सूचना प्रकाशन गरेको छ ।