१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाहालको निधनप्रति ओलीद्वारा दु:ख व्यक्त



file photo
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको निधनप्रति दु:ख व्यक्त गर्नुभएको छ ।

अध्यक्ष ओलीले आज एक ट्वीट गर्दै दाहालको निधनको खबरले आफू अत्यन्तै दु:खी भएको जनाउनुभएको हो । उहाँले दिवङ्गत दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पत्नी वियोगमा रहनुभएका प्रधानमन्त्री दाहाललगायत शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

नर्भिक अन्तर्राष्ट्रिय अस्पताल उपचारका क्रममा आज विहान ८:३३ बजे दाहालको निधन भएको थियो । दाहालको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ । रासस