१ आश्विन २०८३, बिहीबार
,
Latest
समुद्री पारिस्थितिक प्रणाली संरक्षण विश्वव्यापी दायित्व : मन्त्री गौतम विपद्का कारण सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा बदल्ने सरकारको योजना, इटहरीमा सात दिने सीप तथा रोजगार मेला भोटेकोशी बाढीमा बेपत्ता कर्मचारी/कामदारको परिवारलाई प्राधिकरणले ल्यायो राहत प्याकेज फिफाको निलम्बन नफुके सोमबारदेखि नियमित गतिविधि सञ्चालन गर्ने एन्फाको चेतावनी सरकार राज्य सञ्चालनदेखि कृषि क्षेत्रसम्म असफल हुँदै गयो : सांसद भाट २०८३ को भैरव पुरस्कार आर.सी. रिजाललाई, प्रतिभा पुरस्कार चापागाईंलाई ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिल्ली सरकारले ‘स्पुतनिक भि’ खोप पाउने केजरीवालको प्रतिबद्धता



अ+ अ-

एजेन्सी । भारतको नयाँ दिल्ली राज्यका मुख्यमन्त्री अरवीन्द केजरीवालले सबै नागरिकलाई रुसी खोप ‘स्पुतनिक भि’ उपलब्ध गराउने बताएका छन् । 

निर्माता कम्पनीले खोप दिल्लीलाई दिन सहमत भएको पनि उनले उल्लेख गरेका छन् ।

यद्यपि, यस खोपको कति डोज दिइन्छ भन्ने उनले खुलाएका छैनन् ।  

स्पुतनिक रूसमा निर्मित कोरोनाविरुद्धको खोप हो । आपत्कालीन प्रयोग लागि भारत सरकारले यो खोपलाई स्वीकृति दिसकेको छ । 

यता यसभन्दा पहिले एस्ट्रोजेनिका र मोडर्ना कम्पनीले खोप राज्य सरकारलाई सिधै बिक्री गर्न अस्वीकार गरिसकेका छन् ।

पछिल्लो २४ घण्टामा भारतमा २ लाख ८ हजार ८८६ नयाँ संक्रमित फेला परेका छन् भने ४ हजार १७२ जनाले यसको संक्रमणबाट ज्यान गुमाएका छन् । 

हालसम्म कोरोना संक्रमित हुनेको संख्या २ करोड ७१ लाख ५६ हजार ३८२ रहेको छ । जसमध्ये २ करोड ४३ लाख ४३ हजार २९९ संक्रमित निको भएका छन् ।
 




भर्खरै