२३ भाद्र २०८३, मंगलवार
,
Latest
मुख्यमन्त्री पाण्डेद्वारा ढोरवाराही मन्दिरको संरक्षण र प्रवर्द्धनमा जोड जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगञ्जमा हुने ‘जलवायु परिवर्तनबाट भएको क्षतिको न्याय माग्न अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउनुपर्छ’ भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय स्थलगत अवलोकनमा रास्वपा सचेतक धितालको प्रश्न: सुध्रिनु अरुले मात्रै पर्ने हामीले चाहिँ सुध्रिनु नपर्ने ? भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा ‘बिरामी आमा छाडेर उद्धारमा खटिएँ’ चौथो खेलमा मधेसको पहिलो जित मध्यअफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको एकदिवसीय वरियता खस्कियो



अ+ अ-

काठमाडौँ। नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय वरियता खस्किएको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल एक स्थान तल झरेको हो ।

नयाँ वरियताअनुसार नेपाल १५ औँ स्थानमा झरेको छ । जिम्बावेमा भएको आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट खेल्न जानुअघि नेपाल १४ औँ स्थानमा रहेको थियो ।

विश्वकप छनोटमा भने नेपाल केवल २ खेल जित्दै समग्रमा आठौं स्थानमा रहेको थियो । एसोसिएट राष्ट्रतर्फ स्कटल्यान्ड (१२ औँ) शीर्ष स्थानमा रहँदा आयरल्यान्ड र नेदरल्यान्ड्स पनि नेपाल भन्दा माथि रहेका छन् ।

नामिबिया, अमेरिका, ओमान र यूएई नेपालभन्दा पछाडि रहेका छन् । वरियताको शीर्षस्थानमा अष्ट्रेलिया रहँदा पाकिस्तान, भारत र न्यूजिल्याण्ड क्रमशः दोस्रो, तेस्रो र चौंथो स्थानमा रहेका छन् ।