२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको एकदिवसीय वरियता खस्कियो



अ+ अ-

काठमाडौँ। नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय वरियता खस्किएको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल एक स्थान तल झरेको हो ।

नयाँ वरियताअनुसार नेपाल १५ औँ स्थानमा झरेको छ । जिम्बावेमा भएको आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट खेल्न जानुअघि नेपाल १४ औँ स्थानमा रहेको थियो ।

विश्वकप छनोटमा भने नेपाल केवल २ खेल जित्दै समग्रमा आठौं स्थानमा रहेको थियो । एसोसिएट राष्ट्रतर्फ स्कटल्यान्ड (१२ औँ) शीर्ष स्थानमा रहँदा आयरल्यान्ड र नेदरल्यान्ड्स पनि नेपाल भन्दा माथि रहेका छन् ।

नामिबिया, अमेरिका, ओमान र यूएई नेपालभन्दा पछाडि रहेका छन् । वरियताको शीर्षस्थानमा अष्ट्रेलिया रहँदा पाकिस्तान, भारत र न्यूजिल्याण्ड क्रमशः दोस्रो, तेस्रो र चौंथो स्थानमा रहेका छन् ।