• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड

मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लामाजुरानजिक दुर्घटना



फाईल फोटो

काठमाडौँ । काठमाडौँको लागि उडेको मनाङ एयरको हेलिकप्टर सोलुखुम्वुको लामजुरामा दुर्घटना भएको छ ।

कोशी प्रदेशका प्रहरी प्रमुख राजेशनाथ बाँस्तोलाको अनुसार लिखुपिके गाउँपालिकास्थित लामाजुरामा हेलिकप्टर दुर्घटना भएको प्रारम्भिक सूचना आएको बताएका छन् ।

सोलुखुम्बुको सुर्केबाट उडेको मनाङ एयरको एनएलए–एमभी हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको थियो । हेलिकप्टरमा चालकसहित ६ जना यात्रु सवार थिए । जसमा सवार पाँचै जना यात्रु मेक्सिकन नागरिक भएका खुलेको छ ।

घटना‍स्थलतर्फ प्रहरी परिचालन गरिएको छ । दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।