१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लामाजुरानजिक दुर्घटना



फाईल फोटो
अ+ अ-

काठमाडौँ । काठमाडौँको लागि उडेको मनाङ एयरको हेलिकप्टर सोलुखुम्वुको लामजुरामा दुर्घटना भएको छ ।

कोशी प्रदेशका प्रहरी प्रमुख राजेशनाथ बाँस्तोलाको अनुसार लिखुपिके गाउँपालिकास्थित लामाजुरामा हेलिकप्टर दुर्घटना भएको प्रारम्भिक सूचना आएको बताएका छन् ।

सोलुखुम्बुको सुर्केबाट उडेको मनाङ एयरको एनएलए–एमभी हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको थियो । हेलिकप्टरमा चालकसहित ६ जना यात्रु सवार थिए । जसमा सवार पाँचै जना यात्रु मेक्सिकन नागरिक भएका खुलेको छ ।

घटना‍स्थलतर्फ प्रहरी परिचालन गरिएको छ । दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।