११ मंसिर २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहिबार यस्तो छ विदेशी विनिमयदरको भाउ, हेर्नुहोस् कुन देशको कति ?



अ+ अ-

काठमाडौं । बिहिबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ भने अन्य केही देशको विनिमयदर घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ १४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १६ रुपैयाँ ७४ पैसा तोकिएको छ ।  

यस्तै  एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६४ रुपैयाँ ५० पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ ३५ पैसा तोकिएको छ। एक अस्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ ३७ पैसा रहेको छ भने बिक्रीदर ९० रुपैयाँ ८४ पैसा रहेको छ ।

एक साउदी रियालको खरिददर ३० रुपैयाँ ९७ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ १३ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ८९ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ६ पैसा तोकिएको छ । 

त्यस्तै एक बहराइन दिनारको खरिददर ३ सय ८ रुपैयाँ १० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९ रुपैयाँ ६९ पैसा तोकिएको छ। एक कुवेती दिनारको खरिददर ३ सय ८६ रुपैयाँ ३९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८८ रुपैयाँ ३८ पैसा तोकिएको छ। 

एक युरोको खरिददर १ सय ४२ रुपैयाँ १० पैसा रहेको छ भने बिक्रीदर १ सय ४२ रुपैयाँ ८४ पैसा रहेको छ । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ४ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ १८ पैसा तोकिएको छ । 

त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ३९ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ४५ पैसा तोकिएको छ । जापानी यनको खरिददर १० रुपैयाँ ६६ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ७२ पैसा तोकिएको छ ।