२३ असार २०८३, मंगलवार
,
Latest
कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढ्योः संयुक्त राष्ट्रसङ्घ दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलाली भेटियो घरेलु तथा साना उद्योग महासङ्घको अध्यक्षमा गुरुङ सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री डा तिमिल्सिना संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा बालाजु र पाटन औद्योगिक क्षेत्रको संसदीय अनुगमनः जीर्ण पूर्वाधार र नीतिगत सुधारमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

महामारी नियन्त्रण गर्ने प्रमुख उपाय खोप नै हो: डा.रवीन्द्र पाण्डे



अ+ अ-

काठमाडौं । देशमा अक्सिजनको उत्पादन वृद्धि, चुहावट नियन्त्रण तथा विदेशबाट अक्सिजनको सहयोग बढेसंगै अहिले सास फेर्ने आशा जागृत भएको छ । अस्पतालमा देखिएको संक्रमितको चाँप केहि घटेर अहिले बेड पाउने अवस्थामा पुगेको छ । आइसीयु र भेन्टिलेटरमा एउटै बिरामी लामो समय बस्नुपर्दा र थप गम्भीर बिरामीको लागि आइसीयु र भेन्टिलेटरको आवश्यकता पर्ने भएकोले अझै पनि आइसीयु र भेन्टिलेटरको अपर्याप्तता छ । यो बीचमा केहि सहयोगी देश र संस्थाबाट भेन्टिलेटर लगायत स्वास्थ्य सामग्रीको सहयोग आएको छ । 

महामारी नियन्त्रण गर्ने प्रमुख उपाय खोप नै हो । खोपको २ मात्रा पुरा गरेका व्यक्तिहरुमा संक्रमण हुने अवस्था कम छ भने संक्रमण भएपनि गम्भीर हुने र मृत्यु हुने नगण्य छ । एक मात्रा खोप लगाएका व्यक्तिहरुको पनि गम्भीर हुने तथा मृत्यु हुने संख्या एकदम कम छ ।

पहिलो लहरमा जेष्ठ नागरिक तथा दीर्घबिरामीको मृत्यु धेरै थियो भने यसपटक सक्रिय उमेरका व्यक्तिमा मृत्युदर अनपेक्षित रुपमा धेरै देखिएको छ । यसमा प्रमुख भूमिका खोपको छ भने द्वितीय भूमिका घरबाहिर ननिस्किने वर्गको सुरक्षा देखिएको छ ।

यो लहर र सम्भावित तेस्रो लहरलाई निस्तेज गर्ने प्रमुख अस्त्र भनेको खोप नै हो । बाटाघाटा तथा भवन अर्को साल बनाए पनि हुन्छ । यो पटकको सम्पूर्ण शक्ति खोपमा लाग्नुपर्ने अवस्था छ । लकडाउन महामारी नियन्त्रणलाई ‘ पज ‘ गर्नको लागि प्रयोग भएपनि यो समाधान पक्कै हैन । पहिलो समाधान खोप नै हो । दोस्रो समाधान जनस्वास्थ्यका मापदण्ड पालना हो भने तेस्रो समाधान स्वस्थ्य जीवनशैली नै हो ।

खोप उत्पादक देश थोरै भएको, ती देशले खोप आफ्नो देश बाहिर लैजाने अनुमति नदिएको तर खोपको माग संसारभर भएको तथा धनी देशहरुले आवश्यकता भन्दा धेरै खोप ‘ होल्ड ‘ गरेको कारण खोप पाउन कठिन भएको छ । सरकारले आफ्ना सम्पूर्ण कुटनैतिक तथा व्यवसायिक संयन्त्र प्रयोग गरेर खोप ल्याउनु जति महत्वपूर्ण छ, प्राप्त भएको खोपको न्यायोचित वितरण त्यतिकै महत्वपूर्ण छ । 

खोपको उद्देश्य मृत्युदर घटाउने भएको हुँदा एकएक खोप जोखिम वर्ग तथा जनसम्पर्कका वर्गलाई दिने हो भने मृत्युदर घटाउन सकिन्छ ।

सबैभन्दा चिन्ता पहिलोपटक कोभिडशिल्ड खोप लगाएका जेष्ठ नागरिकको छ । कोभिडशिल्ड खोपको दोस्रो मात्रा ८ देखि १२ हप्तामा लगाउनुपर्नेमा हाल १२ देखि १६ हप्तामा लगाउन मिल्ने भारतले जनाएको छ । वैज्ञानिक पुष्टि भएको अबधिभित्र कोभिडशिल्ड खोप ल्याउन भारतबाट अप्ठ्यारो भएपनि बेलायत तथा कोरियाबाट ल्याउने प्रयास अथक रुपमा गर्नु जरुरी छ । सरकारले रुस तथा अमेरिकाको जोन्सन एन जोन्सनको खोप ल्याउनको लागि थालेको कुटनैतिक पहल निष्कर्षमा पुर्याउनु जरुरी छ । जोन्सनको सिंगल डोज भ्याक्सिन ल्याउन सकेमा त्यो सजिलो र प्रभावकारी हुनेछ ।

निजि क्षेत्रले चीनको भेरोसेल तथा रुसको सपुत्निक भी खोप ल्याउन सफल भएमा किन्न सक्नेले निजिले ल्याएको खोप तथा आम जनसमुदायले सरकारले ल्याएको खोप (निशुल्क) लगाउने बहु उपाय अबलम्बन गरेमा छिटो महामारी नियन्त्रण हुन्छ । 

बिदेशमा रहेका नेपाली, जसको राजनैतिक तथा ज्यजसायिक पहुँच छ, उहाँहरुले मातृभूमिको लागि खोप दिलाउन अथक प्रयास गर्नु अर्को बिकल्प हो । अमेरिका लगायत देशमा त्यहाँको सिनेटमा वा सत्तारुढ पार्टीको उच्च स्थानमा भएका नेपालीहरुले पक्कै पनि यो पहल गरिरहनु भएको छ । हाम्रा बिदेशमा भएका राजदुत र यहाँ भएका बिदेशी राजदुत दुबैलाई क्रियाशील बनाएर परिणाम ल्याउन सकिन्छ ।

हिंजो मात्र चिनिया राष्ट्रपतिसंग उच्च स्तरबाट पहल हुँदा १० लाख मात्रा भेरोसिल खोप सहयोगको घोषणा हुनुले यो प्रकारको पहल हरेक खोप निर्माता देशसंग गर्नु लाभदायक हुनेछ ।

निषेधाज्ञामा दैनिक काम गरेर खाने वर्गलाई ठोस राहत दिन स्थानीय निकाय क्रियाशील हुनु जरुरी छ । हामीले रोग र भोकको दुवै युद्धलाई संगसंगै लैजानु आवश्यक छ । यस्तो चरम मानवीय संकटको घडीमा राजनीतिलाई  ‘पज ‘ गरेर राहत, खोप, अक्सिजन, औषधि उपचार आदिमा हामी सबै समर्पित हुन एक निमेष ढिलो गर्नु हुँदैन ।