२५ श्रावण २०८३, सोमबार
,
Latest
यमनमा हुथी विद्रोहीको मिसाइल र ड्रोन आक्रमणः ८ जनाको मृत्यु, तटीय क्षेत्रमा व्यापक क्षति अनलाइन ठगीको सञ्जालः विवाहको प्रलोभनमा कास्कीकी एक महिलाले गुमाइन् ३१ लाख रुपैयाँ ह्वाइट हाउसको मुख्य कानूनी सल्लाहकारमा विल शार्फ नियुक्त दक्षिण लेबनानको ‘पाइलट क्षेत्र’ मा तीन सैनिक घाइते, इजरायली सेनाद्वारा अनधिकृत संरचना निर्माण झापामा एक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र हङकङमा गर्मीको नयाँ कीर्तिमानः तापक्रम ३६.९ डिग्री सेल्सियस पुग्यो प्रधानमन्त्री शाहले भारतीय र चिनियाँ राजदूतलाई भेट्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद् तीन नेताको मुडमा चल्दैन – रवि लामिछाने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद तीन नेताको मुडमा चल्न नसक्ने बताएका छन् ।

आइतबार संसद् भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।

महत्त्वपूर्ण कानुन पारित गर्ने, नागरिकका महत्त्वपूर्ण सवालहरू उठाउनुपर्ने बेलामा संसद तीन नेताको मुडअनुसार चलाउन खोजिएको भन्दै उनले आपत्ति समेत जनाए ।

यस्तै, उनले सभामुखले संसदमा रास्वपालाई बोल्न नदिएकोबारे गुनासो गर्दै सदन रास्वपाको कारण रोकिएको भन्ने सन्देश गएकोमा त्यसको पनि खण्डन गरे ।

सरकारले प्रतिपक्षीलाई देखाएर मिटरब्याजसम्बन्धी विधेयक अघि बढाउन पन्छिएको लामिछानेको आरोप छ ।

प्रमुख प्रतिपक्षी दल एमालेसँगको सहमतिमा आज प्रतिनिधि सभा बैठक चल्ने बताइएको थियो । तर, संसद् सचिवालयले भने सूचना टाँस गर्दै सोमबारसम्म बैठक स्थगित गरेको जनाएको छ ।