• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने ★   टी–२० वरियतामा अस्ट्रेलियाका ट्राभीस हेड पहिलो स्थानमा उक्लिए ★   पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु ★   सरकारको अनुमतिबाट खोलिएका उद्योगहरु नवीकरण गर्नुपर्छः प्रमुख सचेतक बर्तौला ★   दीपकराज गिरीको कटाक्षः वार्तासँग होइन अन्तर्वार्तासँग डर लाग्छ ★   एसईईको नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने ★   नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

४० करोड पुरस्कार राशिको पब्जी प्रतियोगिता खेल्न डीआरएस साउदी अरेबिया प्रस्थान



काठमाडौं । नेपाली पब्जी मोबाइल टिम डीआरएस गेमिङ ‘पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनल २०२३’ अर्थात् पीएमडब्लूआईमा भाग लिन साउदी अरेबिया प्रस्थान गरेको छ ।

४० करोड रुपैयाँभन्दा बढीको पुरस्कार राशि भएको सो प्रतियोगिता खेल्न डीआरएस शनिबार साउदीको राजधानी रियाद प्रस्थान गरेको हो ।

अलस्टार्स स्टेज दक्षिण एसिया स्तरको भोटिङमा सबैभन्दा धेरै भोट पाएर डीआरएस पीएमडब्लूआईका लागि चयन भएको हो । यो प्रतियोगिताको कूल पुरस्कार राशि ४० करोड नेपाली रुपैयाँभन्दा बढी छ ।

पीएमडब्लूआई अलस्टार्स स्टेज र मेन टुर्नामेन्ट गरी दुई चरणमा प्रतियोगित हुँदैछ । यो प्रतियोगितामा ‘डीआरएस गेमिङ’ले जुलाई ११ देखि १३ सम्म चल्ने अलस्टार्स स्टेजको १८ खेल खेल्दैछ, जुन प्रतियोगिताको पहिलो चरण रहेको छ ।

‘डीआरएस गेमिङ’सहित १८ टिम सहभागी रहेको यो खेलको लागि १३ करोड रुपैयाँभन्दा बढी पुरस्कार राशि तोकिएको छ । ​

अलस्टार्स स्टेजको खेल सकिँदा अङ्क तालिकाको शीर्ष पाँच टिमले मेन टुर्नामेन्टमा स्थानमा बनाउने छन् । जुन प्रतियोगिताको दोस्रो तथा प्रमुख चरण रहेको छ । यो चरणको खेल १४ जुलाई देखि १६ जुलाईसम्म चल्नेछ ।

मेन टुर्नामेन्टमा पब्जीको नौ क्षेत्रका १० टिम, एक आमन्त्रित टिम र अलस्टार्स स्टेजबाट आएका पाँच टिम गरी कूल १६ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

‘डीआरएस गेमिङ’ले मेन टुर्नामेन्टमा स्थान बनाउनको लागि अलस्टार्स स्टेज पार गर्नुपर्ने हुन्छ । मेन टुर्नामेन्टका लागि २६ करोड रुपैयाँभन्दा बढी पुरस्कार राशि छुट्याइएको छ । प्रतियोगिता साउदी अरेबियाको राजधानी रियादमा हुनेछ ।