• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने ★   टी–२० वरियतामा अस्ट्रेलियाका ट्राभीस हेड पहिलो स्थानमा उक्लिए ★   पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु ★   सरकारको अनुमतिबाट खोलिएका उद्योगहरु नवीकरण गर्नुपर्छः प्रमुख सचेतक बर्तौला ★   दीपकराज गिरीको कटाक्षः वार्तासँग होइन अन्तर्वार्तासँग डर लाग्छ ★   एसईईको नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने ★   नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो ★   कांग्रेसले गिरिजाको शताब्दी जन्मजयन्तीमा फोटो प्रदर्शनी गर्ने ★   रिलिज हुनुअघि नै रेकर्ड तोड्यो प्रभासको फिल्म ‘कल्की २८९८ एडी’ले

देशको आवश्यकता म वा मेरो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु होः गगन थापा



गगन थापा (फाइल)

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आफू वा आफ्नो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु देशको अहिलेको आवश्यकता भएको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफू पुनः काँग्रेसको संसदीय दलको नेता बदल्ने कुरामा लाग्ने र बदल्न सके आफू र आफ्नो पुस्ताको व्यक्तिलाई प्रधानमन्त्री बनाउने बताउनु भयो ।

उहाँले नेपालमा अर्को प्रधानमन्त्री को बन्दैछ भन्नेकुरा सबै नेपालीहरुलाई पहिला नै थाहा हुने भइसकेको भन्दै अब पूर्वप्रधानमन्त्री पुनः प्रधानमन्त्री बन्नेकुरा रोक्न सक्नुपर्ने बताउनु भयो । उहाँले आफू अब पनि पार्टीको संसदीय दलको नेता बदल्न लाग्ने बताउनु भयो । उहाँले आफू संसदीय दलको नेता बदल्नेकुरामा नथाकेको पनि बताउनु भयो । उहाँले संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्नेकुरा दलभित्रैबाट सम्भव भएकाले त्यसमा आफू लागिपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा यो पछि अर्को प्रधानमन्त्री को बन्दैछ भन्नेकुरा एउटा मानिसले सहजै पत्ता लगाउन सक्छ किनभने यो पार्टीबाट को बन्दैछ भन्नेकुरा पहिल्यै थाहा छ । यो नभए यो भुतपूर्व प्रधानमन्त्री प्रधानमन्त्री बन्छ, त्यसले कल्पना पनि गर्न सक्दैन की नेपालमा नयाँ प्रधानमन्त्री बन्नसक्छ । किनभने प्रधानमन्त्री बन्नेकुरा भुतपूर्व क्लवकै हुने जस्तो भयो । नेपालका राजनीतिक पार्टीहरु यस्ता भए ।

नेकपा एमालेले कसरी दल्छ त्यो उहाँहरुको कुरा हो, नेकपा (माओवादी केन्द्र) ले कसरी बदल्छ त्यो उहाँहरुको कुरा हो । हामी काँग्रेसमा छाँै, त्यसैले यसलाई बदल्ने प्रयास गर्नैपर्छ । त्यही कुरा गर्ने कोशिष गरेको हो । म त क्लियर छु, विधि भित्रै रहेर यो कुरा गरिरहेको छु । म नेपाली काँग्रेसको सांसद हुँ, यो बदल्नुपर्छ भनेर नै संसदीय दलको नेता हुने कोशिस गरेको हो ।

मैले सबै साथीहरुको मन चित्त त बुझाउन सकिनँ । तर म थाकेको छैन, हारेको छैन, नेपाली काँग्रेसबाट भुतपूर्व भएको प्रधानमन्त्री काँग्रेसले पछि प्रधानमन्त्री बनाउन पाएको बेलामा बनाउनु हुँदैन, त्यसकारणले गर्दा फेरि काँग्रेसको संसदीय दलको नतो बदल्नेकुरामा म लाग्छु । सके बदल्छु, त्यसलाई बदल्छु, सके आफू बन्छु, नसके अर्कोलाई बनाउँछु तर बदल्नुपर्छ भन्नेमा छु । त्यो बदलिनपर्छ । बदल्ने ठाउँ दिइएको छ, त्यो भनेको दलभित्रै छ । अहिलेको आवश्यकता म वा मेरो पुस्ताको मान्छे प्रधानमन्त्री बन्नेकुराको छ ।’

महामन्त्री थापाले काँग्रेसले मिसन २०८४ नभइ २०८० र २०८१ को शुरु गर्न जरुरी रहेको बताउनु भयो । सबै पार्टीहरु मिसन २०८४ मा लागेकाले काँग्रेसल यो बीचमा देश सम्हाल्न र जनताको सेवा गर्न लाग्नुपर्ने बताउनु भयो ।