२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतलाई विवादमा तानेर स्वार्थ पूरा गर्न खोजियो: ओली



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भारतलाई विवादमा तानेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो स्वार्थसिद्ध गर्न खोजेको आरोप लगाउनुभएको छ ।

शुक्रबार राजधानीमा आयोजित स्ववियु काउन्सिल नेपालको भेलामा उहाँले भारतले नेपालमा सरकार बनाउँछु नभनेको उल्लेख गर्दै भन्नुभयो, “त्यो भन्नु सार्वभौमसत्ता विपरीत हुन्छ, यो कुरा भारतलाई पनि थाहा छ ।”

नेपालका प्रधानमन्त्रीले ‘नेपालको सार्वभौमसत्ता नेपालमा छैन, नेपालको सांसदहरुले सरकार बनाउने होइन, दिल्ली दौडिएर बन्छ । धेरै पटक मलाई बनाउन पनि मान्छे कुदेका थिए’ भनेर राष्ट्रियतामाथि मजाक उडाइरहेको अध्यक्ष ओलीको भनाइ थियो ।

“यसमा भारतलाई मुछ्नुपर्ने केही छैन । भारतले केही भनेकै छैन”, भारतलाई समेत विवादमा तानेर आफ्नो स्वार्थ सिद्धी गर्न खोजेको भन्दै ओलीले भन्नुभयो, “यस प्रसंगमा कसैले बोलोस्, अनि भारतलाई भनौँला भन्ने सोच हुनसक्छ ।