काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् । प्रधानमन्त्री ओलीले आसन्न बजेटको पूर्वसन्ध्यामा शुक्रबार साँझ ४ बजे सम्बोधन गर्न लागेका हुन् ।
संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते संसदमा बजेट पेस गर्नुपर्ने भएपनि गत ७ जेठको मध्यरातमा संसद विघटन गरेपछि आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याउने तयारी भइरहेको छ ।











