२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ महानगरपालिकाद्वारा दुई सहकारी खारेज



फाईल फोटो
अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दुई सहकारी संस्थाको दर्ता खारेज गरेको छ । महानगरपालिकाले वडा नं ५ मा रहेको ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था र चाबहिलमा रहेको सुकस बचत तथा ऋण सहकारी संस्थाको दर्ता खारेज गरेको हो ।

काठमाडौँ महानगरपालिका सहकारी ऐन, २०७५ को दफा ६६ को उपदफा १ मा कुनै संस्थाको विनियममा उल्लेखित उद्देश्य तथा कार्य हासिल गर्न सम्भव नभएमा र सदस्यको हित गर्न नसक्ने भएमा साधारणसभाको तत्काल कायम रहेको दुई तिहाइ बहुमतले सदस्यको निर्णयबाट त्यस्ता संस्था बिघटन गर्ने निर्णय गरी दर्ता खारेजीको स्वीकृतिका लागि समितिले दर्ता गर्ने अधिकारी समक्ष निवेदन दिन सक्नेछ व्यवस्था अनुसार दर्ता खारेजी गरिएको महानगरको भनाइ छ ।

उक्त संस्थाले तिर्नुपर्ने दायित्व र उठाउनुपर्ने ऋणसहित वक्यौता केही भएमा तथा यी संस्थाहरुबाट धितो राखी कुनै कर्जा लिएको वा यी संस्थाहरुमा बचत गरेको भएमा कर्जा लिने वा बचत गर्ने व्यक्तिले १५ दिनभित्र विभागमा सम्पर्क राख्न पनि महानगरले भनेको छ ।