१९ माघ २०८१, शनिबार
,
Latest
हमासले थप ३ इजरायली बन्धक रिहा गर्ने महाकुम्भ मेलामा ७७ देशका ११८ सदस्यीय प्रतिनिधि भ्रमण गर्दै बचतकर्ताको रकमको सुरक्षित हुनुपर्नेमा सभापति देउवाको जोड ठमेलमा लागेको आगलागीबाट ६५ लाखको क्षति स्वागत मन्तव्य राखेर मञ्चबाट ओर्लिएका वडाध्यक्षको निधन त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपाल थाइल्याण्डसँग चार विकेटले पराजित टाइगर कप भलिबलः टाइगर ग्रुप पोखरा फाइनलमा अध्यादेशले लगानीको वातावरणलाई सहज बनाएको छः मन्त्री पाण्डे विदेशमा ठूला काण्ड गर्नेहरु ठूलो नेता बन्छु भन्दै राजनीतिमा लागेका छन्ः उपप्रधानमन्त्री सिंह अध्यादेशको सही कार्यान्वयन हुन सके बेरोजगारी घटाउन सकिन्छः अध्यक्ष ढकाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुर जिल्ला अदालत विवादको समाधान गर्न प्रधानन्यायाधीशसँग आग्रह



अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतमा कार्यरत सबै राष्ट्रियस्तरका ट्रेड युनियहरुले ललितपुर जिल्ला अदालत विवादको समाधान गर्न प्रधानन्यायाधीश, न्यायाधीशहरु र सर्वोच्च अदालत व्यवस्थापनसँग आग्रह गरेका छन् ।

ट्रेड युनियनहरुले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै कुनै पनि घटना वा विषयको विषयान्तरबाट भविष्यमा पर्न सक्ने दूरगामी नकारात्मक प्रभावसमेतलाई मध्यनजर गर्दै विवादको सत्य तथ्य उजागर गरी उचित समाधान गर्न र ललितपुर जिल्ला अदालतलगायतका न्यायपालिकाका सम्पूर्ण कर्मचारीहरुले मानसिक तथा भौतिकरुपमा सुरक्षित महसुस हुने गरी भयरहित वातावरणमा कार्यस्थलमा रही सेवा गर्ने वातावरण निर्माण गर्न माग गरेका छन् ।

यही असार १३ गते ललितपुर जिल्ला अदालतमा वारेस/कानून व्यवसायी र कर्मचारीबीच घटेको घटनालाई विषयान्तर गरी अदालतमा कार्यरत सम्पूर्ण जनशक्तिमाथि तथ्य र आधारहीन लाञ्छना लगाई न्यायपालिकाको अजआस्था खस्कने गरी कानून व्यवसायीहरुको सर्वोच्च संस्था नेपाल बार एसोसिएसन तथा सोअन्तर्गतका चार एकाइहरुबाट जारी विज्ञप्ति र औपचारिक कार्यक्रममार्फत जिम्मेबार कानून व्यवसायीहरुबाट सार्वजनिक भएको अभिव्यक्तिप्रति ट्रेड युनिहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।