काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति नेपालगञ्जस्थित भेरी अस्पतालमा डाक्टर र नर्सहरूमाथि भएको कुटपिटमा खेद व्यक्त गर्नु भएको छ।
शुक्रबार दिउँसो सामाजिक सञ्जाल ट्वीटर राष्ट्रपति भण्डारीले आफ्नो र परिवारको जीवन जोखिममा राखेर कोभिड–१९ का बिरामीको उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रति दुर्व्यवहार हुनु खेदजनक भएको लेख्नु भएको छ।
राष्ट्रपति भण्डारीले भन्नुभयो, ुदुस्ख परेका बेला भावनात्मक उत्तेजना हुन सक्छ। यस विषम परिस्थितिमा संयम र धैर्य अपनाउँदै यो महामारीलाई परास्त गर्नु हामी सबैको साझा दायित्व हो’।
नेकपा एमालेको लुम्बिनी प्रदेश कमिटी सदस्यसमेत रहेका मानबहादुर रावतले आफ्ना दाइको उपचारको क्रममा मृत्यु भएपछि बिहीबार राति भेरी अस्पतालका डाक्टर र नर्समाथि कुटपिट भएको थियो।












