१३ भाद्र २०८३, शनिबार
,
Latest
विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु भाद्र कृष्ण प्रतिपदा: गाईजात्रा पर्व मनाइँदै भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक वर्षपछि कांग्रेसद्वारा केन्द्रीय समिति बैठक आह्वान



अ+ अ-

काठमाडौं । पार्टी विधानअनुसार हरेक दुई महिनामा एक पटक बस्नुपर्ने नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक एक वर्षपछि बस्दैछ ।

यही असार २७ गते नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ । बुधबार सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रका शर्माले केन्द्रीय समिति बैठकको मिति टुंगो लगाएको हो ।

यसअघि कांग्रेस केन्द्रीय समिति बैठक गत वर्षको असार २७ गतेदेखि साउन २ गतेसम्म बसेको थियो । त्यसयता केन्द्रीय समिति बैठक बस्न सकेको थिएन ।

पार्टीका कार्यबाहक मुख्यसचिव प्रदीप पराजुलीका अनुसार असार २७ गतेदेखि केन्द्रीय समितिको बैठक आह्वान गरिएको छ ।