१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक वर्षपछि कांग्रेसद्वारा केन्द्रीय समिति बैठक आह्वान



अ+ अ-

काठमाडौं । पार्टी विधानअनुसार हरेक दुई महिनामा एक पटक बस्नुपर्ने नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक एक वर्षपछि बस्दैछ ।

यही असार २७ गते नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ । बुधबार सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रका शर्माले केन्द्रीय समिति बैठकको मिति टुंगो लगाएको हो ।

यसअघि कांग्रेस केन्द्रीय समिति बैठक गत वर्षको असार २७ गतेदेखि साउन २ गतेसम्म बसेको थियो । त्यसयता केन्द्रीय समिति बैठक बस्न सकेको थिएन ।

पार्टीका कार्यबाहक मुख्यसचिव प्रदीप पराजुलीका अनुसार असार २७ गतेदेखि केन्द्रीय समितिको बैठक आह्वान गरिएको छ ।