३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्षमताभन्दा बढी सामाजिक सुरक्षामा खर्च भयो: अर्थमन्त्री



अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालमा सामाजिक सुरक्षामा क्षमताभन्दा पनि बढी खर्च भइरहेको बताउनुभएको छ ।

मंगलबार अर्थ समितिको बैठकमा उहाँले पछाडि परेको समुदाय, जेष्ठ नागरिकलगायत सबैलाई सामाजिक सुरक्षा खर्च दिइरहेको र यसबाट पछाडि फर्किन नसक्ने बताउनुभयो । अब निर्णय गर्दा विचार गर्नुपर्ने उहाँको भनाइ थियो ।

अब तल्लो वर्ग, समूह विपन्न वर्गको तथ्याङ्‍क आउँदैछ भन्दै अर्थमन्त्री डा महतले भन्नुभयो, “जो निश्चित आयभन्दा तल छ, उनीहरुलाई लक्षित गरेर हामी सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गछौँ ।”

जसलाई आवश्यक छ, उसलाई सामाजिक सुरक्षा, अनुदान अथवा भत्ता दिनु पर्ने र आवश्यक नपर्ने वर्गमा सरकारले थप खर्च गर्नुपर्ने नीति ल्याइने उहँले जानकारी दिनुभयो । यस्तो व्यवस्था गर्न सकेको अवस्थामा मात्र आगामी दिनमा खर्च व्यवस्थापन सहज हुने उहाँको भनाइ थियो ।