२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेट सच्याउने प्रतिबद्धतापछि बागमती प्रदेशसभाको अवरोध हट्यो



अ+ अ-

काठमाडौँ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेट सच्याउने प्रतिबद्धता व्यक्त गरेपछि प्रदेशसभाको अवरोध हटेको छ ।

असार १ गते पेश भएको आगामी आर्थिक वर्षको बजेट असन्तुलित र विभेदकारी भएको भन्दै विपक्षी दलहरु नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टीले प्रदेशसभाको बैठक अवरुद्ध गर्दै आएका थिए ।

विनियोजन विधेयकमाथि छलफल हुन नसक्ने भएपछि सोमबार सर्वदलीय बैठकमा सरकारले प्रतिपक्षी दलहरुलाई सम्बोधन गर्दै बजेट सच्याउने प्रतिबद्धता व्यक्त गरेको हो ।

त्यसपछि बसेको प्रदेशसभाको बैठकमा आर्थिकमामिला मन्त्री बहादुरसिंह लामाले प्रतिपक्षी दलहरुसँग सहमतिअनुसार बजेट कार्यान्वयन गरिने जानकारी दिनुभयो ।