२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता गठबन्धनको बैठक बस्दै



फाईल फोटो
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा सोमबार दिउँसो सत्ता गठबन्धनको बैठक बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा हुने बैठकमा जनमत पार्टीलाई सरकारमा सहभागी गराउने विषयमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री प्रचण्डले आइतबार जनमत पार्टीका अध्यक्ष डा सिके राउतलाई गठबन्धन दलसँग सहमति गरेर सरकारमा ल्याउने आश्वासन दिनुभएको थियो ।

अपराह्न हुने बैठकमा कोशी प्रदेशमा नयाँ सरकार गठनका विषयमा पनि छलफल हुने बताइएको छ । गत पुस २४ गते मुख्यमन्त्री बनेका नेकपा ९एमाले० संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेशसभाको बैठकमा विश्वासको मत नपाएपछि प्रदेश प्रमुख परशुरा खापुङले नयाँ सरकार गठनका लागि प्रदेशसभाका दलहरुलाई आह्वान गर्नुभएको छ ।

९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमत पुर्याउन ४७ सिटको आवश्यकता हुन्छ । नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र० र नेकपा ९एकीकृत समाजवादी० ले राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० लाई सरकारमा सहभागी गराउन खोजेका छन् ।

यसअघि हिक्मत सरकारमा सहभागी भएको राप्रपाले एमालेसँगको गठबन्धन नछोडेको अवस्थामा विपक्षी गठबन्धनलाई सरकार बनाउन सकस हुनेछ ।

प्रदेशमा एमालेको ४० र राप्रपाको ६ गरी ४६ सांसद छन् । नेपाली कांग्रेसको २९, माओवादीको सभामुखबाहेक १२ सीट, नेकपा एसको ४ र जसपाको १ गरी गठबन्धनसँग पनि ४६ नै सीट छ ।