२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाद्वारा सामाजिक कार्यमा खटिने द्रुत कार्य टोली गठन



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उद्धार र राहतमा खट्ने गरि द्रुत कार्यटोली (र्यापिड एक्सस टीम, आरएटी) गठन गरेको छ ।

प्रदीप तिमिल्सिना (साजन शर्मा) को नेतृत्वमा सामाजिक कार्यमा खट्नका उद्देश्यले लागि गठित उक्त समिति केन्द्रीय आरएटी विभागको मातहतमा हुने पार्टीले जनाएको छ । केन्द्रीय समिति १२ जनाको बनाइएको छ सो संख्यालाई बढाएर ३३ जनासम्म पुर्‍याउन सकिने रास्वपाले जनाएको छ ।

रास्वपाका अनुसार आरएटी संरचना वडादेखि केन्द्रसम्म हुनेछ । पार्टी महामन्त्री मुकुल ढकालका अनुसार आरएटी गठन गर्दा मातहतका संरचनाले केन्द्रीय विभागको अनिवार्य अनुमति लिनुपर्नेछ ।

आरएटी केन्द्रीय विभागको प्रमुखमा केन्द्रीय सदस्य विष्णुकुमार श्रेष्ठ (विष्णु पुरूष) रहनुभएको छ । महामन्त्री ढकालले उद्धारका लागि खटिने द्रुत टोलीको समिति ७ देखि ३३ जनासम्मको हुने भन्दै विशुद्ध सामाजिक कार्यमा संलग्न गराउनका लागि पार्टीले आरएटी बनाएको जानकारी दिनुभयो ।

रास्वपाले पार्टीको भ्रातृ संस्था गठन नगर्ने स्पष्ट पारिसकेको छ । आरटी विशुद्ध सामाजिक कार्यमा खटिने टोली भएकाले भ्रातृ संंस्थाको रुपमा बुझ्न नहुने महामन्त्री ढकालले बताउनुभयो । उहाँका अनुसार रास्वपाले पार्टीको भ्रातृ संस्था गठन नगर्ने भएको छ ।

आरएटीलाई दैवी प्रकोपमा परेका नागरिकलाई शीघ्र उद्धार गर्न लागि खटाइनेछ ।

केन्द्रीय आरएटी

संयोजक: प्रदिप तिमल्सेना (साजन शर्मा)
उप–संयोजक: प्रेम थापा
सचिव: फणिन्द्र पौडेल
कोषाध्यक्ष: कृष्णबहादुर थापा

सदस्यहरू:
राम कृष्ण श्रेष्ठ
महमद हुसेन खान (मुन्ना)
चिरञ्जिवी तिमल्सिना
रवि भुजेल
शेरबहादुर सिंह
सुरज खड्का
दिपा केसी बास्तोला
मिलनचन्द्र महत