• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ: मन्त्री चौधरी ★   सिभिल सहकारीको सम्पत्ति हड्प्न सिभिल मलका मालिक लालकाजी र मिनाले मुद्दा हालेको पीडित बचतकर्ताहरुको आरोप ★   हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने नेतान्याहुको दावी ★   भलिबलको लागि आवासीय कभर्ड हल बनाउनेछौँः मन्त्री श्रेष्ठ ★   एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान ★   राप्रपा भक्तपुर अध्यक्षमा कार्की निर्वाचित ★   प्राकृतिक सम्पदाको उपयोगबाट आत्मनिर्भरता बन्दै म्याग्दी ★   स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड ★   यार्सा टिप्न गएका युवकको भीरबाट लडेर मृत्यु ★   ज्ञानेन्द्र शाह सत्ताच्यूत हुनुमा कमल थापा र भेषबहादुर थापाको हात छः डा. सुरेन्द्र केसी

यूएईमाथि नेपालको जित



काठमाडौं । आईसीसी विश्वकप छनोटअन्तर्गत प्लेअफ खेलमा नेपालले यूएईमाथि जित निकालेको छ ।

हरारेमा रहेको टाकासिङ्गा स्पोर्टस् क्लबमा आइतबार सम्पन्न खेलमा नेपालले यूएईलाई तीन विकेटले हराएको हो ।

१८२ रनको लक्ष्य पछ्याएको नेपालको जितमा दीपेन्द्रसिंह ऐरी नायक बने । ऐरीले सम्हालिएर प्रदर्शन गर्दै सात चौका र दुई छक्काको मद्दतमा ८५ बलमा ७९ रन बनाए ।

उनलाई सन्दीप लामिछानेले २३ रनसहित साथ दिए । यसबाहेक नेपालका लागि ओपनर कुशल भुर्तेलले ५९ बलमा ३५, ज्ञानेन्द्र मल्लले २२ बलमा १३ रन र गुल्शन झाले २४ बलमा १२ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको युएईले ४६.५ ओभरमा अलआउट हुँदै १८१ रन जोड्यो ।

यूएईका लागि कप्तान वृत्य अरविन्दले ७५ बलमा ४४, रोहन मुस्ताफाले ५६ बलमा ३५, वसिल हमिदले ३५ बलमा २९, आर्यान्श शर्माले ४३ बलमा २८ रन जोडे ।

नेपालका लागि बलिङतर्फ सन्दीप लामिछाने र करण केसीले तीन–तीन विकेट लिए । यस्तै, गुलशन झा, दिपेन्द्र सिंह ऐरीले एक–एक विकेट लिए ।

विश्वकपको सुपर सिक्समा पुग्न नसकेको नेपालले यूएईसँग प्ले अफ खेल्न लागेको हो । नेपालले सातौँ स्थानको लागि अव आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ भने यूएईले नवौँ स्थानका लागि अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।