१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

यूएईमाथि नेपालको जित



अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप छनोटअन्तर्गत प्लेअफ खेलमा नेपालले यूएईमाथि जित निकालेको छ ।

हरारेमा रहेको टाकासिङ्गा स्पोर्टस् क्लबमा आइतबार सम्पन्न खेलमा नेपालले यूएईलाई तीन विकेटले हराएको हो ।

१८२ रनको लक्ष्य पछ्याएको नेपालको जितमा दीपेन्द्रसिंह ऐरी नायक बने । ऐरीले सम्हालिएर प्रदर्शन गर्दै सात चौका र दुई छक्काको मद्दतमा ८५ बलमा ७९ रन बनाए ।

उनलाई सन्दीप लामिछानेले २३ रनसहित साथ दिए । यसबाहेक नेपालका लागि ओपनर कुशल भुर्तेलले ५९ बलमा ३५, ज्ञानेन्द्र मल्लले २२ बलमा १३ रन र गुल्शन झाले २४ बलमा १२ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको युएईले ४६.५ ओभरमा अलआउट हुँदै १८१ रन जोड्यो ।

यूएईका लागि कप्तान वृत्य अरविन्दले ७५ बलमा ४४, रोहन मुस्ताफाले ५६ बलमा ३५, वसिल हमिदले ३५ बलमा २९, आर्यान्श शर्माले ४३ बलमा २८ रन जोडे ।

नेपालका लागि बलिङतर्फ सन्दीप लामिछाने र करण केसीले तीन–तीन विकेट लिए । यस्तै, गुलशन झा, दिपेन्द्र सिंह ऐरीले एक–एक विकेट लिए ।

विश्वकपको सुपर सिक्समा पुग्न नसकेको नेपालले यूएईसँग प्ले अफ खेल्न लागेको हो । नेपालले सातौँ स्थानको लागि अव आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ भने यूएईले नवौँ स्थानका लागि अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।