१९ भाद्र २०८३, शुक्रबार
,
Latest
माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

निराजन र रितिका बने मिस्टर एण्ड मिस एसपीए



अ+ अ-

धनगढी । निराजन नेपाली र रितिका सुनारले मिस्टर एण्ड मिस एसपीएको उपाधि जितेका छन् ।

धनगढीको ओम प्यालेसमा शनिबार राति भएको एक कार्यक्रममा उनीहरुकाबीच उनीहरुले मिस्टर एण्ड मिस एसपीएको ताज पहिरिएका हुन् । धनगढी २ मा बस्ने निराजन एसपीएको स्नातक तहमा अध्ययनरत् छन् । धनगढी शिवनगरकी रितिका एसपीएको कक्षा १२ मा अध्ययनरत छिन् ।

मिस एण्ड मिस्टर एसपीएका विजेताहरु एक वर्ष एसपीए कलेजको ब्रान्ड एम्बास्डर बन्नेछन् । उनीहरुले एकवर्ष कलेजले छात्रवृत्ति उपलब्ध गराउनेछ । त्यसबाहेक उनीहरुले विभिन्न आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।

मिस्टर एसपीए बनेपछि निराजनले मनोरञ्जन क्षेत्रमा मनोरञ्जन क्षेत्रमा आफूले देखेको पहिलो खुट्किलोका रुपमा यो उपाधि रहेको बताए । मिस एसपीए बनेकी रितिकाले भविष्यमा मोडलिङ प्रवेश गर्नका लागि मिस एसपीएको उपाधिले ठूलो सहयोग पुर्याउँने बताइन् ।

मिस्टर एपीएको फस्ट रनरअप कक्षा १२ मा अध्ययनरत् सागर चन्द भए । यस्तै मिस्टर ट्यालेन्टको उपाधि बीबीएस पहिलो वर्षका सुवास आग्रीले जिते ।

यस्तै मिस एसपीएको फस्ट रनरअप सन्ध्या सिंह र सेकेन्ड रनरअप प्रिति शाही घोषित भईन् । यस्तै मिस ट्यालेन्टको उपाधि रेखा धानुकले प्राप्त गरिन् ।

मिस नेपाल अर्थ २०२२ डा. शिर्षा श्रेष्ठ, कलाकार, निर्देशक तथा थियटर आर्टिस्ट पुष्पराज अवस्थी र मिस्टर नेपाल वल्र्ड २०१८ जीवन रेग्मीे जुरी मण्डलका रुपमा रहेका थिए ।

एसपीए कलेजले कला र मनोरञ्जन क्षेत्रमा रुचि भएका विद्यार्थीहरुको प्रतिभा प्रस्फुटित गर्ने उद्देश्यले प्रत्येक वर्ष मिस एण्ड मिस्टर एसपीए कार्यक्रम आयोजना गर्दै आएको छ । उनीहरुलाई झण्डै एक महिना लामो प्रशिक्षण पश्चात मिस्टर एण्ड मिस एसपीए कार्यक्रममा सहभागि गराइएको हो ।

यस्तै उक्त समारोहमा धनगढी थियटर्स एण्ड आर्टस क्लबले ऐतिहासिक सकुन्तलम नाटक समेत प्रस्तुत गरेको थियो ।