• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

दाङमा दलित भन्दै डेरामा बस्नेलाई घरबाट निकालेपछि घरबेटी पक्राउ



दाङ । दाङमा डेरामा बस्नेलाई दलित भन्दै जबर्जस्ति घरबाट निकालिदिएका घरबेटी पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका– १७ बस्दै आएका अछामका २३ वर्षीय महेन्द्र बिकलाई ६८ वर्षीय घरबेटी ताराप्रसाद पोखरेलले जबर्जस्ति डेराबाट निकालेपछि उनलाई पक्राउ गरिएको हो ।

कोरियन भाषा पढ्न महेन्द्र उनका श्रीमती र दुई बच्चासहित घोराही पुगेका थिए। जातकै कारण तीन दिनमै बसेको घरबाट निकालिएपछि जातीय विभेदका विरूद्ध महेन्द्रले लिखित जाहेरी दिएपछि प्रहरीले शनिबार ताराप्रसादलाई नियन्त्रणमा लिएको हो।

महेन्द्र दलित समुदायको भन्ने थाहा पाएपछि ‘देउताले आफूलाई नसहने’ भन्दै ताराप्रसादले उनलाई घरबाट निस्कन भनेको बयान दिएका बताईएको छ।

पक्राउ परेका घरबेटि ताराप्रसादमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीविरूद्ध जातीय विभेदसम्बन्धी मुद्दा चलाउने तयारी गरिएको छ।