१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता चीनको केरुङ नाकामा पहिरोः ७ जनाको मृत्यु, ५५४ जना बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनताको जीवनमा आमुल परिवर्तन गर्न आवश्यक छ: अध्यक्ष नेपाल



अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको जीवनमा आमुल परिवर्तन गर्नु नै अहिलेको मुख्य जिम्मेवारी भएको बताउनुभएको छ ।

आईतवार भक्तपुरमा आयोजित नारायणविलास जोशीको ३४ औं स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिक क्रान्तिको काम सम्पन्न भइसकेकाले अब जनताको जीवनलाई सुखी, समृद्ध र जनतालाई समानता, अवसर, रोजगारीको हिसावले शिरा ठाडो बनाउने कामको जिम्मेवारी पूरा गर्नुपर्ने बताउनु भयो । उहाँले यी सबै कामको जिम्मेवारी कम्युनिष्ट पार्टीबाट नै पूरा हुने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले समाजवादको यात्रामा देशलाई कसरी अघि बढाउने भन्नेकुरामा गहन अध्ययन र खोजी गरी अघि बढ्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले एउटा राजनीतिक क्रान्तिको काम त सम्पन्न गरेका छौँ । तर अर्को महत्वपूर्ण काम बाँकी छ । त्यो महत्वपूर्ण काम भनेको जनताको जीवनमा आमुल परिवर्तन गर्ने हो । जनताको जीवनलाई सुखी बनाउने, जनताको जीवनलाई समृद्ध बनाउने, जनतालाई वास्तवमा सबै हिसावले समानताको हिसावले, अवसरको हिसावले र शिर ठाडो पारेर हिँड्नसक्ने हिसावले समर्थ तुल्याउने यि सबै कामको जिम्मेवारी अहिले पनि कम्युनिष्ट पार्टीले नै गर्नुपर्ने ‘छ । त्यही कम्युनिष्ट पार्टीका नेताको रुपमा अहिले हामीले प्रधानमन्त्री पाएका छौँ, पुष्पकमल दाहाल प्रचण्डले यो देशको अगुवाई गर्दै हुनुहुन्छ ।

‘उहाँले समाजवादको यात्रामा देशलाई कसरी अघि बढाउने हो ? यसबारेमा अझै गम्भीर चिन्तनमनन गरेर के गर्दा यो पछाडि परेको अवस्थाबाट माथि उठ्नसक्छ, के गरेर गरिबी, अभाव, बेरोजगारी पीडित जनताहरु, जनताका वेदना र दु:खलाई सम्बोधन गर्न सकिन्छ ? भन्ने सन्दर्भमा उहाँले आफ्नोतर्फबाट प्रयास गर्दै हुनुहुन्छ । हामी लागेका छौँ । सबैका ज्ञान, अनुभव, सबैका बुद्धिलाई लिएर हामी अघि बढ्ने हो भने, इमान्दारिताकासाथ अघि बढ्ने हो भने र हाम्रा अग्रज योद्धाहरुले नयाँ नेपाल निर्माणको परिकल्पना गर्नुभएको थियो, उहाँहरुको सपनालाई साकार पार्न सकिन्छ ।’

अध्यक्ष नेपालले सबैले इमान्दारिताकासाथ अघि बढेको खण्डमा अग्रज योद्धाहरुले परिकल्पना गरेको नेपालको सपना साकार बनाउन सकिने बताउनु भयो ।