४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सरकारको पहिलो सर्त : उपप्रधानमन्त्री श्रेष्ठ

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सरकारको पहिलो सर्त : उपप्रधानमन्त्री श्रेष्ठ
अ+ अ-

छेन्दु ९चीन० ।  उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण र सुशासन प्रवर्द्धनलाई पहिलो सर्त बनाएर काम थालेको बताउनुभएको छ । जनवादी चीनको भ्रमणमा रहनुभएका उहाँले छेन्दुस्थित नेपाली महावाणिज्य दूतावासमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वर्तमान सरकारले सुशासनलाई कडाइ पूर्वक अगाडि बढाउन खोजेको बताउनुभयो ।

“कुशासन नेपालको विकासको समस्या हो, अहिलेको सरकारले भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसहित सुशासनको स्थापित गर्नेलाई पहिलो सर्त बनाएर काम थालेको छ । पूर्वउपप्रधनमन्त्री, पूर्वगृहमन्त्री, निर्वाचनका आयोगका सदस्य, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अध्यक्ष, विभिन्न उच्च तहका पदाधिकारी भ्रष्टाचार गर्ने अपराधमा नियन्त्रणमा लिनु परेकोछ”, उहाँले भन्नुभयो ।

कमिसन र भ्रष्टाचारको जालोले देशलाई जर्जर बनाएको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले अनियमितता गर्ने व्यक्तिमाथिको कारबाही प्रक्रिया कुनै पनि हालतमा नरोकिने दृढता व्यक्त गर्नुभयो । “जो सुकै होस् यो प्रक्रिया कुनै पनि हालतमा रोकिँदैन”, उहाँले भन्नुभयो, “अहिले कुनै पार्टीसँग जोडिएका व्यक्ति परेका होलान्, कोही अर्को पार्टीसँग जोडिएका होलान्, अब आउँदा दिनमा अर्को कुनै पार्टीसँग जोडिएको हुन सक्छन्, हामीलाई त्यसको कुनै मतलब छैन, जो भए पनि कारबाही हुन्छ ।”

मुलुक र जनतालाई ठगी गर्ने, धोका दिने, अपराध गर्नेलाई वर्तमान सरकारले कुनै पनि हालतमा नछाड्ने विश्वास दिलाउँदै उहाँले अपराध गर्नेलाई कानुनको दायरमा ल्याइ छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “अपराध कसले गरेको छ, त्यसलाई कानुनको दायरामा ल्याइ छाड्छौँ, देशमा सुशासन स्थापित गरी छाड्छौँ । यो हाम्रो सङ्कल्प हो”, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “त्यसले विकास र प्रगतिका निम्ति नयाँ आधार तयार पार्छ । देशमा एउटा आशा पैदा हुन्छ ।”

सुशासन कायम गर्दै मुलुकलाई सुशासनको मार्गमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दै उहाँले विभिन्न कारणबाट विदेशीएका नेपालीलाई स्वदेश फर्काउने वातावरण निर्माण गरिने बताउनुभयो । विकास र समृद्धिको लक्ष्य पूरा गर्नका निम्ति आफ्नै बलबुतामा काम गर्नुपर्नेमा जोड दिँदै उहाँले समृद्धिका विदेशी मित्रको सहयोगको अपेक्षा गरेको बताउनुभयो । आफूले चीन भ्रमणका क्रममा भएका दिपक्षीय भेटवार्तामा नेपालको समृद्धिका बारेमा छलफल गरेको जानकारी दिँदै उहाँले भन्नुभयो, “हाम्रै बुद्धि, विवेक र श्रम पसिना लगाएर विकासको यात्रालाई अगाडि बढाउनुपर्नेमा हाम्रो मात्रै साधन स्रोतले विकासका कुरालाई तीव्र पारेर लक्ष्यमा पुग्न सम्भव छैन । त्यसैले वैदेशिक सहयोगका निम्ति पनि अनुरोध गरिरहेका छौँ ।”

राजनीतिक परिवर्तनसँगै जनताको जीवनस्तर पनि परिवर्तन हुनुपर्नेमा त्यसो हुन नसकेको स्वीकार गर्दै उहाँले जनताको जीनवस्तर बदल्ने गरी मुलुकलाई समृद्ध बनाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभयो । “राजनीतिक परिवर्तन मात्रै दिएको होइन, हाम्रो पोल्टामा हामीले नै भोग्न पाउने गरी यति चिज दियो भनेर नेपाली जनताले अनुभूति गर्न पाउनुपर्यो”, उहाँले भन्नुभयो, “शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्यान्न, आवास, सडक, खानेपानी, विद्युत्का आवश्यकताहरु पूरा गरेर राजनीतिक परिवर्तनले खाली राजनीतिक अधिकार मात्र दिएको हैन हाम्रो जीवनस्तर नै बदलियो भन्ने स्थानमा जनतालाई पुर्याउनुपर्छ ।”

वर्तमान सरकार मुख्य चार वटा कार्यभार पूरा गर्न लागि परेको उल्लेख गर्दै उहाँले सार्वभौमिकताको रक्षा, राष्ट्रिय सुरक्षालाई सुदृढ, परिवर्तनको रक्षा र शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभयो । “सामाजिक आर्थिक रुपान्तरणको कार्यभारलाई हर हालतमा पूरा गर्नुपर्नेछ । विकास र समृद्धि, त्यसलाई गुणात्मक फड्को पुर्याउने गरी सम्पूर्ण ध्यान विकास र समृद्धिमा केन्द्रित गर्नुछ । त्यो दिशामा सरकार लाग्छ”, उहाँले भन्नुभयो । सबै राजनीतिक पार्टीलाई आआफ्नो मतभिन्नता एक ठाउँमा राखेर राष्ट्रियता, राष्ट्रिय सुरक्षा र समृद्धिको मुद्दामा एकताबद्ध हुनुपर्छ भनेर सहमति र सहकार्यका निम्ति अपिल गरिरहेको उहाँले बताउनुभयो ।

महावाणिज्यदूत दिनेशकुमार घिमिरेले महावाणिज्य दूतावासले लगानी, पर्यटन, व्यापार तथा निर्यात प्रवर्द्धन एवं कन्सुलर सेवालगायत नेपाल र नेपाली जनताको सर्वोत्तम हितका कार्य गर्दै आएको बताउनुभयो । उहाँले महावाणिज्य दूतावासको कार्यक्षेत्र सिचुवान र कुइचो प्रान्त तथा छोङछिङ महानगरमा रहेको जानकारी दिनुभयो ।

सो अवसरमा उपप्रधानमन्त्रीले अध्ययन तथा विभिन्न पेशा व्यवसायका सिलसिलामा छेन्दुमा रहेका नेपालीसँग अन्तरक्र्रिया गर्नुभएको थियो । दूतावासले उपप्रधानमन्त्रीको सम्मानमा रात्रिभोजको आयोजना गरेको थियो । दूतावास पुग्दा उपप्रधानमन्त्री श्रेष्ठलाई महावाणिज्यदूत घिमिरे र वाणिज्यजूत मनहरि दङ्गालले स्वागत गर्नुभएको थियो । समारोहमा छेन्दुमा रहेका नेपाली व्यवसायी तथा विद्यार्थीको बाक्लो उपस्थित रहेको थियो ।  रासस