२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

एउटाले अर्को कलाकारलाई सम्मान गर्ने परम्परा बनाऔँ: मदनकृष्ण श्रेष्ठ



अ+ अ-

काठमाडौँ । व्यंग्यकवि शैलेन्द्र सिम्खडाले सरकारबाट पाउने सम्मान भन्दा एउटा कलाकारले अर्को कलकारलाई दिएको सम्मान आफ्नो लागि महत्वपूर्ण रहेको बताउनुभएको छ ।

शुक्रवार ललितपुरमा अभिनेता किरण केसीले आफ्नो जन्मदिनको अवसरमा दिएको सम्मान ग्रहण गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारको फारम भरेर, फोटो टाँसेर पाएको सम्मान भन्दा आत्मीय सम्मान ठूलो कुरा भएको बताउनु भयो । उहाँले बाहिर बसेका मानिसलाई व्यंग्य गरेर कुनै फाइदा नभएको बताउनु भयो ।

आफ्नो जन्मदिनको अवसरमा बोल्दै अभिनेता किरण केसीले आफूले आफ्नो विधाका मानिसलाई सम्मान गर्न पाउँदा खुशी लागेको बताउनु भयो । यो अभियान आफूले १४ वर्ष पहिलाबाट नै शुरु गरेको भन्दै आफ्ना क्षेत्रका कलाकारहरुलाई सम्मान गरेको जसमा दुई हास्य कलाकार र दुई कलाकारितामा दुई पत्रकारलाई सम्मान गर्ने गरेको बताउनु भयो ।


कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार हरिवंश आचार्यले जन्मदिनमा एकले अर्को कलाकारलाई सम्मान गर्ने कुराले जन्मदिन नेपाली कलाकारका लागि चाडको रुपमा परिवर्तन हुँदै गएकोले सबैले अनुशरण गर्नुपर्ने बताउनु भयो । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले एक कलाकारले अर्को कलाकारलाई सम्मान गर्ने कुरा परम्पराका रुपमा विकास हुनुपर्ने बताउनु भयो ।

अभिनेता केसीले आफ्नो जन्मदिनको अवसरमा व्यंग्यकवि शैलेन्द्र सिम्खडा र हास्य कलाकार शिवहरि बैरागी नेपाललाई सम्मान गर्नुभयो ।