१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेश : सत्ता जोगाउन एमालेको आज अन्तिम कसरत



अ+ अ-

काठमाडौँ । विश्वासको मत लिने भन्दै बिहीबारका लागि बोलाइएको बैठकबाट कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की बाहिरिएपछि  बैठक स्थगित भयो । फलस्वरुप विश्वासको मत लिने अवस्था भएन । आफूले विश्वासको मत नपाउने अवस्था सिर्जना भएपछि बैठक छल्ने नियतले कार्की बाहिरिएका बाहिरिनुभएको थियो ।

त्यसअघि बैठकमा मुख्यमन्त्री कार्कीले आफूलाई विश्वासको मत दिन आग्रह गर्दै आफू सर्वदलीय सरकार बनाउन समेत तयार भएको बताउनुभएको थियो । उहाँ आफूलाई विश्वासको मत नदिए अर्को सरकार बन्न सक्ने अवस्था नभएकाले मध्यावधिमा जान तयार हुन समेत भन्नुभएको थियो ।

विश्वासको मत लिने प्रस्ताव पेश भएपछि नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादील विश्वासको मत नदिने स्पष्ट पारिसकेका थिए भने जनता समाजवादी पार्टीले तटस्थ बस्ने निर्णय गरेको थियो ।

उक्त छलफलपछि मुख्यमन्त्री कार्कीले जवाफ दिने र विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुनुपर्ने थियो । तर कार्कीले आफूले विश्वासको मत नपाउने अवस्था देखेपछि जवाफ  दिनका लागि समय चाहिएको भन्दै बैठकबाट बाहिरिएपछि फर्कनु भएन र बैठक आज शुक्रबारका लागि स्थगित भएको छ ।

बैठक आज ११ बजेका लागि बोलाइएको छ । र, कार्यसूची अनुसार बैठक प्रक्रिया अघि बढे विश्वासको मत पाउने वा नपाउने आज टुंगो लाग्नेछ । मुख्यमन्त्री कार्कीले हिजो नियतवश बैठक सार्नुको अर्थ रातभरमा सत्ता जोगाउने प्रयास नै हो । यद्यपि आजको बैठकमा बैठक सार्ने निर्णय कति प्रभावकारी बन्यो त्यो भने हेर्न बाँकी नै छ ।

नयाँ सरकार गठनका लागि पाँचदलीय गठबन्धनसँग पनि बहुमत छैन । हाल प्रदेशसभामा कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ४ र जसपाका एक प्रदेशसभा सदस्य छन् । तर माओवादी केन्द्रबाट निर्वाचित बाबुराम गौतम सभामुख भएकाले उनको नाम समेत समावेश गरेर सरकार गठनका लागि बहुमत मिल्ने वा नमिल्ने विवाद छ ।