४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले गोप्य समारोहमा गरे प्रेमिकासँग विवाह

ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले गोप्य समारोहमा गरे प्रेमिकासँग विवाह
अ+ अ-

एजेन्सी । ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले प्रेमिका क्यारी साइमण्ड्ससँग वेस्टमिनस्टर गिर्जाघरमा एक गोप्य समारोहबीच विवाह गरेको समाचारहरूमा जनाइएको छ। पहिले नै कुरा छिनिसकिएको उनीहरूको शनिवार निकट साथीहरू र परिवारको उपस्थितिमा विवाह भएको कयौँ पत्रपत्रिकाहरूले लेखेका छन्।

प्रधानमन्त्री कार्यालयले भने यसबारे प्रतिक्रिया जनाउन अस्वीकार गरेको छ। काम र निर्वित्तिभरणसम्बन्धी मन्त्री टेरेज कोफी र नर्दन आयरल्याण्की प्रथम मन्त्री अर्लिन फोस्टरले ट्विट गर्दै उनीहरूको विवाहका लागि बधाई दिएका छन्।

पत्रपत्रिकाले के लेखे ?
द मेल पत्रिकाले आइतवार लेखेको समाचारमा ३० अतिथिहरूलाई निकै छोटो समय दिएर निम्ता गरिएको जनाइएको छ। इङ्ग्ल्याण्डमा लगाइएका कोभिडका प्रतिबन्धका कारण त्यो उक्त समारोहमा सहभागी हुन पाउने अधिकतम सङ्ख्या हो।

क्याथोलिक परम्परा अनुसार भएको विवाहको तयारीमा समेत गिर्जाघरका निकै कम कर्मचारीहरू सहभागी भएको उक्त पत्रिकाले जनाएको छ। द सन पत्रिकाले डाउनिङ स्ट्रीटका वरिष्ठ सहयोगीहरूलाई उक्त विवाहबारे थाहा नभएको जनाएको छ। उसले थप भनेको छस् 'ब्रिटिश समय अनुसार दिउँसोको साढे १ बजेपछि सर्वसाधारणहरूलाई वेस्टमिनस्टर गिर्जाघर छाड्न भनिएको थियो।'

त्यसको एक घण्टापछि ३३ वर्षीया साइमण्ड्स सेतो पहिरनमा ५६ वर्षीय प्रधानमन्त्रीसँग वैवाहिक प्रतिज्ञा साट्नका लागि एउटा विलासी कारमा गिर्जाघर पुगेकी थिइन्। शनिवार राति सङ्गीतकर्मीहरू नम्बर टेन भनिने प्रधानमन्त्रीको कार्यालय तथा सरकारी आवासबाट बाहिरिएको तस्बिरहरू खिचिएका छन्। सन् २०१९ को सुरुतिर सञ्चारमाध्यमहरूले साइमण्ड्स र जोनसनको प्रेम सम्बन्धबारे लेखेका थिए। 

गत वर्ष फेब्रुअरीमा उनीहरूले आफूहरूको स्वयंवर भएको र साइमण्ड्स गर्भवती रहेको खुलाएका थिए। उनीहरूले छोरो विलफ्रिड गत एप्रिलमा जन्मिएका थिए।