७ श्रावण २०८३, बिहीबार
,
Latest
उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान शैक्षिक परामर्श नियमावलीमा देखिएका त्रुटी सच्याउन सरकार तयार पाँच हजार अमेरिकी डलर बराबरको रकम भन्सार घोषणा नगरी ल्याउन पाइने पेस्की असुलीमा कडाइ गर्दै प्रदेश खेलकुद विकास बोर्ड गण्डकीका दुई मन्त्रालयको वार्षिक प्रगति समीक्षा व्यवसायी शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश ‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’ एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।

एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले निर्वाचन कार्यालय हटाउने अर्थमन्त्री डा. प्रकाशशरण महतको प्रतिवद्धता विनियोजन शिर्षकमा समावेश गर्न माग गरेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो ।

बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरीले अर्थमन्त्री महतले जिल्ला निर्वाचन कार्यालय खारेज नगर्ने निर्णय विनियोजन शिर्षकमा समावेश नगरी संसद बैठक अघि बढन नदिने अडान लिएपछि एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले उठेर अवरोध गरेका थिए । त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पनि अर्थमन्त्रीको सो प्रतिवद्धता समावेश गरेर मात्रै बजेट पास गर्नुपर्ने अडान लिनु भएको थियो ।

यता, सत्तारुढ काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने त्यसमा आफ्नो पार्टीको पनि सहमती रहेको उल्लेख गर्दै मन्त्री महतलाई जिल्ला निर्वाचन कार्यालय खारेज नगर्ने प्रतिवद्धताका जनाउन लगाएर संसदलाई सुचारु गराउन उपयुक्त हुने सुझाव सभामुख देवराज घिमिरेलाई दिनु भएको थियो ।

तस्बिर : नवीन पौडेल/रासस