२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललिता निवास प्रकरण: पक्राउ परेकालाई म्याद थप गर्न अदालत पेस गरिँदै-फोटोे फिचर



अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललिता निवासमा कीर्ते गरेको अभियोगमा पक्राउ परेकाहरुलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौँ लैजाने तयारी गरेको छ।

सीआईबीले गरिरहेको अनुसन्धानका लागि पक्राउ परेर न्यायिक हिरासतमा रहेका उनीहरुलाई म्याद थपका लागि अदालत लैजान लागिएको हो।

मंगलबार अदालतको अनुमतिमा उनीहरुलाई पक्राउ गरिएको थियो भने कीर्तेमा अनुसन्धान गर्नका लागि समय माग गर्दै अदालत पेस गर्ने तयारी गरेको बताइएको छ।

सीआईबीले निर्वाचन आयोगका पूर्व आयुक्त सुधीरकुमार शाह, भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर कुँवरसहित ७ जनालाई पक्राउ गरेको थियो।

पक्राउ परेकामध्ये तीन जना सर्वोच्च अदालतको स्टे अर्डर देखाएर छुटेका थिए। न्यायिक हिरासतबाट छुटेका उनीहरु बाहेक शाह, गुरुङसहितका आरोपितहरुलाई प्रारम्भिक अनुसन्धानका लागि अदालत पेस गर्न लागिएको हो।




भर्खरै