२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललिता निवास प्रकरण: पक्राउ परेकालाई म्याद थप गर्न अदालत पेस गरिँदै-फोटोे फिचर



अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललिता निवासमा कीर्ते गरेको अभियोगमा पक्राउ परेकाहरुलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौँ लैजाने तयारी गरेको छ।

सीआईबीले गरिरहेको अनुसन्धानका लागि पक्राउ परेर न्यायिक हिरासतमा रहेका उनीहरुलाई म्याद थपका लागि अदालत लैजान लागिएको हो।

मंगलबार अदालतको अनुमतिमा उनीहरुलाई पक्राउ गरिएको थियो भने कीर्तेमा अनुसन्धान गर्नका लागि समय माग गर्दै अदालत पेस गर्ने तयारी गरेको बताइएको छ।

सीआईबीले निर्वाचन आयोगका पूर्व आयुक्त सुधीरकुमार शाह, भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर कुँवरसहित ७ जनालाई पक्राउ गरेको थियो।

पक्राउ परेकामध्ये तीन जना सर्वोच्च अदालतको स्टे अर्डर देखाएर छुटेका थिए। न्यायिक हिरासतबाट छुटेका उनीहरु बाहेक शाह, गुरुङसहितका आरोपितहरुलाई प्रारम्भिक अनुसन्धानका लागि अदालत पेस गर्न लागिएको हो।