• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo
Latest
★   कान्तिपुरका अध्यक्ष सिरोहियालाई दोस्रो पटक म्याद थप्न अदालत लगिँदै ★   संकटमा सञ्जुः हैदरावादविरुद्ध राजस्थानको टोली समस्यामा पर्न सक्ने ★   प्रतिपक्षीको अवरोधकैबीच प्रतिनिधि सभाबाट आज नीति तथा कार्यक्रम पारित गर्ने सरकारको तयारी ★   आईपीएल आजः फाइनल पुग्न राजस्थान र हैदरावादबीच भिडन्त ★   गणतन्त्रमा गल्ती गर्नेलाई छुट हुँदैन भन्ने भाष्य स्थापित भएको छ: मन्त्री शर्मा ★   सडक चौडा गर्न वडाध्यक्षकै घर कम्पाउण्डको पर्खाल भत्काउनु पर्‍यो … ★   गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान ★   सहकारी प्रकरणः कार्यदलमा भएन सहमति, दलहरुको आ–आफ्नै दाबी ★   रविका बिरुद्ध काँग्रेस खनिनु भनेको भँगेरा मार्न तोप बोकेर निस्कनु सरह हो: ओली ★   बुद्धजयन्ती मनाइयो-फोटो फिचर

मकवानपुरको स्थानीय पालिकाको नीति तथा कार्यक्रममा घर उपहारदेखि सुर्ती मदिरा निषेधसम्म



हेटौँडा । मकवानपुरको १० स्थानीय तहमध्ये नौ वटाले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । स्थानीय तहहरूले मदिरा, सुर्तीजन्य पदार्थ निषेधदेखि घर उपहारसम्मको कार्यक्रमहरू समेटेका छन् ।

बकैया गाउँपालिकाले मदिरा निषेधको कार्यक्रम अघि सारेको छ भने मनहरीले गुट्खाजन्य पदार्थ बिक्री वितरण निषेधको नीति अघि सारेको छ । यसैगरी, राक्सिराङ गाउँपालिकाले पालिका क्षेत्रमा बसाइँ सरेर आउने परिवारका लागि दुई कोठाको घर निर्माण गरिदिने कार्यक्रमसहित रु ५७ करोड ८८ लाखको बजेट सार्वजनिक गरेको छ । गाउँबाट सहर क्षेत्रमा बसाइँ सराइ दर उच्च भएपछि गाउँपालिकाले घर उपहार कार्यक्रम ल्याएको उपाध्यक्ष बनस्थम थिङले बताए ।

मकवानपुरकै कैलाश गाउँपालिकाले रु ४८ करोड ५९ लाखको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले सडक तथा झोलुङ्गे पुल निर्माण र कृषिलाई प्राथमिकतामा राखेको उपाध्यक्ष बालकुमार मल्लले बताए । इन्द्रसरोवर गाउँपालिकाले रु ४४ करोड ३४ लाखको बजेट ल्याएको छ । इन्द्रसरोवरले कृषि र पर्यटन क्षेत्रलाई बजेटमा प्राथमिकता दिएको छ ।

भीमफेदी गाउँपालिकाले रैथाने बालीलाई अनुदान दिने कार्यक्रमसहित रु ६८ करोड ५४ लाखको बजेट विनियोजन गरेको छ । गाउँपालिकाले भौतिक पूर्वाधार, पर्यटन र कृषिलाई प्राथमिकतामा राखेको गाउँपालिका अध्यक्ष हिदम लामाले जनाए ।

मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले रु ६२ करोड दुई लाखको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले कृषि तथा पशुपालनलाई प्राथमिकतामा राख्दै किसान लक्षित कार्यक्रमहरूलाई प्राथमिकतामा राखेको छ ।

त्यस्तै जिल्लाको थाहा नगरपालिकाले रु ९८ करोड ८८ लाखको बजेट ल्याएको छ । थाहाले कृषि, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, सामाजिक विकास, सुशासन, उद्यमशीलता र रोजगारी, विपद् व्यवस्थापन र क्षमता विकासलाई प्राथमिकतामा राखेको छ ।

हेटौँडा उपमहानगरले भने गत असार २ गते रु दुई अर्ब ६० करोडको बजेट सार्वजनिक गरेको थियो । हेटौँडाले भौतिक पूर्वाधारको कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ । उपमहानगरले आन्तरिक स्रोतबाट रु ८३ करोड ६६ लाख ६२ हजार ७०, राजस्व बाँडफाँटबाट रु ५९ करोड १४ लाख १० हजार ७ सय ३०, प्रदेश सरकारबाट रु तीन करोड ३४ लाख ६८ हजार र सङ्घीय सरकारको अनुदानबाट रु एक अर्ब १४ करोड ५० लाख व्यहोरिने प्रस्तुत नीति, कार्यक्रममार्फत उल्लेख गरेको छ ।

उपमहानगरले एकीकृत बसपार्क तथा टर्मिनल भवन निर्माण गर्न रु आठ करोड, हेटौँडा–४ मा वासुदेव बहुउद्देश्यीय व्यापारिक भवन निर्माण गर्न रु दुई करोड, चालु आवमा सम्झौता भई जिम्मेवारी सर्ने योजनाको भुक्तानीका लागि रु २१ करोड २२ लाख र पद्मपोखरी मुख्य सडक विस्तार कार्यका लागि रु तीन करोड ५० लाख विनियोजन गरेको छ ।

जिल्लाको बागमती गाउँपालिकाले बागमतीले यही असार १५ गतेभित्र बजेट ल्याउने बताइएको छ । रासस