• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड

काभा पुरुष भलिबलः नेपाल सबै खेलमा पराजित



काठमाडौं । नेपालले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगको सबै खेलमा हार बेहोरेको छ ।

किर्गिस्तानमा जारी काभा पुरुष भलिबल प्रतियोगितामा नेपाल लिग चरणका ६ वटै खेलमा पराजित भएको हो । आइतबार भएको आफ्नो अन्तिम तथा छैटौँ खेलमा नेपालले उज्बेकिस्तानसँग ३–० को सोझो सेटमा पराजय भोग्यो ।

बिस्केटस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा भएको खेलमा उज्बेकिस्तानले नेपालमाथि २५–२१, २५–२२, २५–२३ को नतिजा निकालेको हो । यसअघि नेपाल पहिलो खेलमा मङ्गोलिया, दोस्रो खेलमा आयोजक किर्गिस्तान, तेस्रो खेलमा इरान, चौथो खेलमा तुर्किमिनिस्तान र पाँचौँ खेलमा आयोजक किर्गिस्तानको ‘बी’ टिमसँग पराजित भएको थियो ।

लिगमा नेपालसहित आयोजक किर्गिस्तानको दुई, इरान, मङ्गोलिया, तुर्किमिनिस्तान र उज्बेकिस्तान गरी सात टिमको सहभागिता रहेको थियो ।

सिङ्गल राउन्ड रोबिन लिगको आधारमा सञ्चालित प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । साथै लिगको तेस्रो र चौथो टिम तेस्रो स्थानका लागि भिड्नेछन् ।