१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

कामपाले गाउँपालिकाहरुलाई ३५ वटा एम्बुलेन्स सहयोग गर्ने



file photo
अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले देशका विभिन्न गाउँपालिकाहरुलाई एम्बुलेन्स सहयोग गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै महानगरकी उपप्रमुख सुनिता डंगोलले ३५ वटा एम्बुलेन्स खरिद गरेर विभिन्न गाउँपालिकाहरुलाई सहयोग गर्ने बताएकी हुन् ।

महानगरले एम्बुलेन्स खरिदका लागि ७ करोड रकम विनियोजन गरेको छ ।

यस्तै, महानगरपालिकाले स्थानीय समुदायमा प्रचलनमा रहेको स्थानीय पेय पदार्थलाई निजी व्यवसायीको सहकार्यमा ब्राण्डिङ गरने भएको छ। महानगरले उत्पादन र उपभोगलाई जोडन ‘अनलाइन ई कर्मस प्रोटल’ मार्फत मेट्रो मार्ट संचालनमा ल्याउन १ करोड रकम विनियोजन गरेको उपप्रमुख डंगोलले जनाईन् ।