२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

कामपाको लागि आगामी आवको नीति कार्यक्रम पारित



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । यही असार छ गते नगर सभामा पेश भएको नीति तथा कार्यक्रम आज बसेको १३औँ अधिवेशनको दोस्रो बैठकले पारित गरेको हो ।

अधिवेशनको पहिलो बैठकमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले आगामी वर्षका लागि ११ बुँदामा नीति र एक सय २५ बुँदामा कार्यनीति पेश गर्नुभएको थियो ।

नीति कार्यक्रममा विशेषगरी ‘एक वडा, एक पार्क र एक खेल मैदान, सफा, स्वच्छ, सुन्दर, धुलोरहित महानगर, सुलभ फार्मेसी, स्वास्थ्य प्रवर्द्धन केन्द्रको स्थापना र सञ्चालन, कम्तीमा पाँच हजार नयाँ रोजगारीको सिर्जना, अर्गानिक खाद्य तथा तरकारीका आत्मनिर्भर बनाउन सहयोग, कम्तीमा एक लाख विरुवा रोप्ने कार्यक्रम नीतिमा समेटिएका छन् ।

त्यसैगरी परम्परागत खाद्य तथा पेय पदार्थको ब्राण्डिङ् गरेर निर्यात गर्ने, अधिकतम जनसङ्ख्या लाभान्वित हुने तीन वर्षभित्र निर्माण सम्पन्न हुने १० वटा महानगर गौरवका योजना सञ्चालन गर्ने, सुविधा र सहरी शासनका सवाललाई दिगो बनाउन महानगर स्वर्णिम योजना सञ्चालन गर्ने नीतिमा उल्लेख छन् ।

सभामा शिक्षा, स्वास्थ्य, पूर्वाधार, संस्कृति, सम्पदा तथा पर्यटन, वातावरण व्यवस्थापन, संस्थागत विकास तथा सुशासन, राजस्व तथा वित्त व्यवस्थापन, सहरी यातायात, कानुन तथा मानवअधिकार, कृषि तथा पशुपंक्षी, सामाजिक विकास, खेलकुद, सहकारी, अन्तरराष्ट्रिय सम्बन्धसम्बन्धी कार्यनीति पेश भएका थिए ।

गरिखाने शिक्षा, महानगरको इच्छा’, ‘एक विद्यालय एक नर्स’, ‘एक विद्यालय, एक सामाजिक सहजकर्ता’, संस्कृति, सम्पदा र पर्यटन, महानगरको धन’, ‘एक टोल, एक खेलकुद पूर्वाधार’, ‘सुशासनका लागि अनलाइन सेवा’, ‘महानगरले देख्छ’, ‘मेरो रहर, हरित सहर ’, ‘मिसन २१००’ कार्य नीति छन् ।

आज भएको नगरसभामा सहभागी सदस्यले सरसफाइमा प्रविधि र उपकरण थप गर्नुपर्ने, सामुलदायिक विद्यालयमा दिइँदै आएको दिवा खाजाको रकम पुनरावलोकन गर्नुपर्ने, वर्षौँदेखि करार सेवामा रहेका कर्मचारीलाई प्रक्रिया पूरा गरेर स्थायित्व प्रदान गर्नुपर्ने, सूचना प्रविधिमा आधारित सेवालाई दिगो सञ्चालनमा ल्याउनुपर्ने, निःशुल्क वितरण हुने औषधि वडाबाट प्रदान गरिनुपर्ने, सहकारीमा रहेको जोखिमयुक्त बचतलाई जोगाइदिनु पर्ने, धूमपान तथा सूर्तिजन्य वस्तुको बेचबिखनलाई कानुनबमोजिम रोक लगाउनुपर्नेजस्ता विषयलाई नीति र कार्यक्रममा समावेश गर्नुपर्ने सुझाव दिएका थिए ।

त्यस्तै बस्तीका बीचमा पुगेका अन्तिम संस्कारस्थलको व्यवस्थापन गर्नुपर्ने विषयमा सुझाव प्राप्त भएको थियो ।




भर्खरै