• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   जर्मनीलाई हराउँदै स्पेन युरो कपको सेमिफाइनलमा ★   लेबर पार्टीले ‘बेलायतको पुनर्निर्माण’ गर्नेछ– नवनियुक्त प्रधानमन्त्री स्टार्मर ★   समाजवादीको महाधिवेशन कहीँ नभएको जात्रा: किसान श्रेष्ठ ★   जनता समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता,मन्त्रीले दिए राजीनामा ★   धानको न्युनतम समर्थन मूल्य निर्धारण, यी हुन् मन्त्रिपरिषद्का अन्य निर्णय ★   आइतबारसम्म बाढीको जोखिम ★   क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गर्ने क्यानको निर्णय ★   विश्वकपको बेला भ्रामक प्रचार गरेको भन्दै क्यानले उपाध्यक्ष सिंहसहित चारजनालाई सोध्यो स्पष्टीकरण ★   वित्तीय अपराध अनुसन्धानको क्षेत्रमा काम गर्ने जिम्मेवारी हाम्रो होइन: नेपाल प्रहरी ★   नयाँ सत्ता समीकरणको विषयलाई लिएर खुशी भइहाल्ने अवस्था छैन: शेखर कोईराला

वर्तमान सरकारको आयु लामो छैनः सचेतक बर्तौला



फाईल फोटो

काठमाडौँ । नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले वर्तमान सरकारको आयु केही दिन मात्रै रहेको बताउनुभएको छ ।

शुक्रवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा सचेतक बर्तौलाले वर्तमान सरकारको आयु वर्ष नभएर केही दिनसम्म मात्रै रहेको बताउनुभएको हो । उहाँले वर्तमान सरकार जनादेशअनुसार नबनेको बताउनु भयो। उहाँले सरकारले जनतालाई डेलिभरी दिन नसकेको मात्रै नभएर राष्ट्र हितको प्रवद्र्धन गर्न समेत नसकेको बताउनु भयो। उहाँले मुलुकको विकास,सुशासन र समृद्धिको पथमा हिडाउन सामथ्र्य योग्यता प्रदर्शन गर्न नसकेको बताउनु भयो । उहाँले बजेटमार्फत देशलाई आर्थिक समस्या समाधान गर्छ भन्ने सन्देश दिन समेत नसकेको भन्दै सरकार अस्थिर,कमजोर बनेको आरोप लगाउनु भयो ।

उहाँले अब वर्तमान सरकारको विकल्प आवश्यक देखिएको बताउनु भयो । उहाँले वर्तमान सरकार एमाललेलाई पाँच वर्ष टिकोस् भन्ने भएपनि परिस्थितिले सरकारको आयु लामो नदेखिएको बताउनु भयो। उहाँले जनताको जनादेश अनुसार सरकार बनाउँदा स्थिर सरकार बनाउन सक्छ भन्ने एमालेको धारणा रहेको बताउनु भयो । उहाँले वर्तमान सरका अन्तरबिरोध,असमझदारी र सत्ता गठबन्धन दलका बीचमा अविश्वासले आक्रान्त भएको बताउनु भयो । उहाँले नेकपा एमालेले सरकार ढाल्ने काममा नलाग्ने बताउनु भयो । उहाँले सरकारको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहालले गरेपनि नयाँ गुट सिर्जना गरेको आरोप लगाउनु भयो। उहाँले एमाललेलाई नेपाली काँगे्रसको माया लागेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ वर्तमान सरकार भित्रभित्र थिङथिलो भएको छ । अन्तरविरोध,असमझदारी र सत्ता गठबन्धन दलका बीचमा अविश्वासले आक्रान्त भएर पूरै मक्किएको अवस्था छ । थिङथिलो भएर मक्किएको सरकारलाई एमालेले सामन्य रुपमा छुँदा पनि ढल्ने अवस्था छ । तर नेकपा एमालेले त्यो गर्दैन ।सरकारको नेतृत्व पुष्पकमल दाहालले प्रधानमन्त्री हुनुहुन्छ । सबै गठबन्धनको नेतृत्व गरिराख्नुभएको छ । त्यो भित्र उहाँले नयाँ गुट सिर्जना गर्नुभयो। काँगे्रसलाई मार हान्नको लागि हतियार उदाउनु भयो । एमाललेलाई माया काँग्रेसप्रति छ । काँगे्रस भरोसा गरेर जनताले पहिलो बनायो । ८९ सिटमा संसदमा पठाएको छ । ३२ सिटलाई प्रधानमन्त्री स्वीकार गरेर ८ वटा मन्त्रालयमा चित्त बुझाउँदा पनि प्रधानमन्त्रीले हतियार साँध लघाई रहनुभएको छ । जनादेशको म्याण्डेट अनुसार सरकार बन्न सकेन ।

जसका कारण सरकारले डेलिभरी दिन सकेको छैन । राष्ट्र हीतको प्रवद्र्धन गर्न सकिरहेको छैन । विकास,सुशासन र समृद्धिको पथमा मुलुकलाई हिडाउन सामथ्र्य योग्यता सरकारले प्रदर्शन सकेको छैन । बजेट मार्फत देशलाई आर्थिक समस्या समाधान गर्छ भन्ने सन्देश दिन सकेको छैन । वैदेशिक लगानीको सुरक्षित वातावरण छ भन्न सकेको छैन । यो अस्थिर,कमजोर सरकार र जनादेश विपरितको अप्राकृतिक सरकार हो । त्यसकारणले गर्दा सरकारको विकल्प आवश्यक देखिएको छ । एमाललेलाई पाँच वर्ष यही गठबन्धनको सरकार बनोस् भन्ने थियो । जनताको जनादेश अनुसार सरकार बनाउँदा स्थिर सरकार बनाउन सकिन्छ । सरकारको आयु केही दिनको मात्रै रहेको छ ।’